Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

रौतहटमा एक बर्षभित्र ५६५ मानब अधिकार उल्लंघनका घटना

खबरडबली संवाददाता

रौतहट । रौतहटमा पछिल्लो एक बर्षको अवधिमा ५६५ वटा मानव अधिकार उलंघनको घटना भएको सार्वजनिक भएको छ । जिल्लामा  २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अबधिमा ५६५ मानव अधिकार उलंघनको घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले सार्बजनिक गरेको हो ।

नेपाल  मानब अधिकार बर्ष पुस्तक  २०२५ प्रकाशन पुर्व बार्षिक समिक्षा कार्यक्रममा आईतवार गरुडा नगरपालिकाको सभा हलमा रौतहट स्थित इन्सेककी प्रतिनिधी गौरी न्यौपानेले उक्त घटना बारे प्रतिबेदन सार्वजनिक गरेकी थिइन् ।

बाल अधिकार अन्तर्गत बलात्कार ,यौन  दुर्ब्यबहार, महिला  अधिकार अन्तर्गत  बैबाहिक बलात्कार , बलात्कार र यौन  दुर्ब्यबहारका  घटनाहरु जातिय छुवाछूत , बोक्सिको आरोप, कुटपिट , अमानबिय ब्यबहार, गोलि प्रहार, परिवारजनबाट हत्या , अपहरण  तथा  शरीर  बन्धक गरि बलात्कार  घरेलु हिंसा  आत्महत्या  दुरुस्साहन पत्रकार माथि कुटपिट  तथा  दुर्ब्यबहार  गरि कुल ५६५ घटनाहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

इन्सेक रौतहट  र  गरुडा नगरपालिकाको सहकार्यमा भएको समिक्षा  कार्यक्रमका सहभागीहरुले हिंसाका यस्ता घटनाहरु न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम   आबस्यक रहेको  बताएका थिए ।

ईलाका  प्रहरी  कार्यालय गरुडाका प्रमुख डिएसपी  राजन कार्कीले मानब अधिकार उलंघनका घटनाहरुको न्यूनीकरण  गर्नको लागि सचेतनामुलक कार्यक्रम मात्र  नभैइ मान्छेमा भएको सोच चिन्तन परिबर्तन  हुनु पर्नेमा जोड  दिएका थिए। गैर सरकारी संस्था आर  डि सि  नेपालका  प्रतिनिधि सन्जु खड्काले हिंसाका घटना  हरुको नियन्त्रणको लागि सम्बन्धीत निकायहरुले आ आफ्नो स्थानबाट  सचेतनामुलक कार्यक्रम र  सडक  नाटक  गर्न सकिने  बताएकी थिइन्।इलाका प्रशासन  कार्यालय गरुडाका प्रमुख  रामसागर राय यादबले इन्सेकले प्रत्येक बर्ष प्रकाशन गर्ने बर्ष पुस्तकले घटना अभिलेखिकरणमा महत्त्वपूर्ण  भुमिका खेलेको बताएका थिए ।

गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले  नागरिकको राजनैतिक  अधिकार सगै सामाजिक, सास्कृतिक र वातावरणिय अधिकारका बिषय बस्तुलाई पनि यस पुस्तकले महत्त्वपूर्ण  स्थान दिनेमा विश्वस्त रहेको विचार राखेकी थिइन् ।

कार्यक्रममा रोयम नेपाल, गुजरा युवा क्लब, स्वास्थ  प्रमुख, उद्योग  बाणिज्य  संघ  र नागरिक  समाज र सरोकारवालाहरुको उपस्थिति  रहेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घर फर्किने सपना बीचमै टुट्यो: खोलाले बगायो दुई निर्दोष बालक

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...

लिखु–४ जलविद्युत्को वातावरणीय बजेट खर्चमाथि प्रश्न, गाउँपालिकाले माग्यो स्पष्टिकरण

ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...

लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...

भूमिहीन र सुकुमवासीमाथि ‘डोजर अभियान’ रोक्न सरकारलाई चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...

भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र डामी एप सुविधा एउटै प्याकेजमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...

एनआई सी एशिया बैंकद्वारा आश्रम र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...

काठमाडौं–४ मा भोलि वडास्तरीय दौड प्रतियोगिता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ ।  प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...

रमा तिवारी हत्या प्रकरण : लेनदेन विवादपछि हत्या, भारतीय नागरिक पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...

रास्वपा सांसद ढकाल सवार गाडी दुघर्टना

गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending