Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

महोत्तरीमा कहालीलाग्दो महिला हिँसा, अभियानहरु अप्रभावकारी

बिशाल बस्नेत

महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ । 

जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले  हिंसा न्यूनीकरणको लागि आफ्-आफ्ना नारा वनाएर अभियान चलाए  तर जिल्लागत तथ्यांकहरु हेर्दा महिलामाथी हुने हिंसामा थप वृद्धि हुँदै गएको देखिएको छ ।

यस्तै भयावह अवस्था वनेको छ  महोत्तरी । जिल्लाको अघिल्लो बर्षहरुको तुलनामा वढदै गईरहेको घरेलु हिंसा, सामाजिक हिंसा, वलत्कार प्रयासका घटना र आत्महत्याको दरले स्थानिय तहहरुले अहिले चलाएको महिला अभियानमाथी थुप्रै प्रश्नहरु उठेका छन ।

आर्थिक बर्ष २०७८/७९, २०८०/८१ र २०८१/८२ को तथ्यांकअनुसार बार्षिक १० देखि २० प्रतिशतले महिला हिंसाका घटनाहरु बढेका छन ।

जिल्ला प्रहरी कार्यालयको महिला सेलले उपलब्ध गराएको तथ्यांकअनुसार  चालू आर्थिक बर्ष २०८१/८२ मा अहिलेसम्म नै २८४ वटा घरेलु हिंसाका उजुरी परेका छन ।

महिला जागरण तथा हिंसा न्यूनीकरणको लागि स्थानिय सरकारहरुले चलाएका सवै प्रकारका अभियान अप्रभावकारी वनिरहेको छ भन्ने अघिल्ला  आर्थिक बर्षहरुका संख्यालाई हेर्दा मात्र पनि प्रमाणित हुन्छ ।

आर्थिक बर्ष २०७८/७९ को तथ्यांकलाई हेर्ने हो भने बाहिर आएका महिला हिंसाका घटनाहरु ५०२ वटा छन । २०७९/८० मा यो संख्या बढेर ५६६ पुगेको छ भने २०८०/८१ मा अझ यो संख्या वढेर ६९४ पुगेको छ । आर्थिक बर्ष २०८१/२०८२ सकिन ८ महिना वाकी रहदा नै घरेलु हिंसाका २५९ वटा उजुरी परिसकेका छन । आर्थिक बर्षको अन्त्यसम्म अहिलेसम्म कै सवैभन्दा बढी रेकर्ड वन्न सक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै महिला सम्बन्धी सामाजिक हिंसाकाका ठाडो उजुरीलाई आकलन गर्दा स्थिति निक्कै भयावह छ । आर्थिक बर्ष २०७८/७९ देखि  चालु २०८१/८२ सम्म १३०७ वटा त सामाजिक हिंसाका उजुरी परेका छन यसमध्ये कतिपय अझै फर्स्यौट गर्न वाकी देखिएको छ ।

यो चालू आर्थिक बर्षमा परेका १७४ वटा उजुरी मध्ये ७६ वटा मात्र फर्स्यौट भएका छन भने ९८ वटा वाकी छन ।

पुरातन संस्कार र अन्धविश्वासका कारण पनि जिल्लामा महिला वालवालिकाहरुमा  वेवास्ता हुने गरेको देखिएको छ । हराएका वालिकाहरुको खोजी नगर्ने र कतिपय घरमा हुने विभेदले घर नै छाडनुपरेको तथ्यांकले देखाउछ ।

पछिल्लो ३ बर्षको अवधीमा अहिलेसम्म जिल्लामा ४३३ जना वालिकाहरु वेपत्ता भएका छन जस्को मुख्य कारक घरेलु विभेद र अत्याचार भएको जानकारहरु वताउछन । त्यसमध्ये २४२ जना मात्र भेटिएका छन भने वाकी अझै वेपत्ता अवस्थामा छन । यसरी वेपत्ता वन्नेको संख्या हरेक बर्ष बढदै गएको देखिन्छ । चालू आर्थिक बर्षको यो अवधीसम्म आईपुग्दा २० जना वालिका र ८ जना महिला वेपत्ता वनिसकेका छन ।

२०८० सालदेखी २०८२ सम्म महिलाहरुको आत्महत्या दर समेत निक्कै काहालीलाग्दो छ ।

समाजसास्त्रीहरुको अनुसार घरेलु तथा सामाजिक हिंसाका कारण होस या छोरीहरुमा हुने विभेदका कारण होस मानसिक रोग सिकार भएपछी आत्महत्याको वाटो रोज्ने गर्दछन ।

महोत्तरीमा महिला आत्महत्याका संख्या हेर्दा पछिल्लो समय यस्तै अवस्था देखिएको छ । पुरुषको तुलनामा महिलाहरुले गर्ने कतिपय आत्महत्या मानसिकरुपमा समस्या भएतापनी धेरैजसो दुरुत्साहन नै भएको स्थानियहरु वताउछन ।

पछिल्लो असार देखि कात्तिकसम्म मात्र ४३ जनाले आत्महत्या गरेका छन । जसमध्ये २१ जना महिला छन । त्यस्तै आर्थिक बर्ष २०८०/८१ मा पनि आत्महत्या गर्ने महिलाहरु संख्या उच्च छ । जम्मा १३२ जनाको आत्महत्यामा ६० जना महिलाहरुले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।

डोमिनिकल गणतन्त्रका ३ दीदीबहिनी पेट्रीया, मिनर्भा र मारियालाई महिला जागरण र हिंसाविरुद्धको आवाज उठाउदा तत्कालिन त्रुजिलो सरकारले निर्ममतापुर्वक मारेको दिनकोरुपमा महिला हिंसा मनाईदै आएको छ तर मनाउने तर समस्या पहिचान गर्न नसक्दा थप समस्याहरु वढदै गएका छन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending