Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

नेपाल टेलिकमको लाभांश १० वर्षयताकै कम

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमले विगत १० वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश आर्थिक वर्ष २०७१/७२ यताकै सबैभन्दा कम हो।

गत आर्थिक वर्षमा कम्पनीको आम्दानीसँगै नाफा पनि घट्दा लाभांश क्षमतामा कमी आएको देखिन्छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। जुन अघिल्ला वर्ष २०७९/८० को तुलनामा १६.४४ प्रतिशतले कम हो।अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

अर्कोतर्फ गत आर्थिक वर्षमा कम्पनीको आम्दानी पनि घटेको देखिन्छ। अघिल्लो वर्ष ३६ अर्ब २७ करोड १४ लाख रुपैयाँ आम्दानी गरेकोमा गत आर्थिक वर्षमा घटेर ३४ अर्ब ४६ करोड ११ लाख रुपैयाँमा सीमित बनेको थियो। पछिल्लो केही वर्षदेखि कम्पनीको आम्दानी र नाफामा लगातार गिरावट आइरहेको छ। यी कारणले पनि गत आर्थिक वर्षका लागि कम्पनीको लाभांश क्षमतामा कमी आएको हो।

पछिल्लो १० वर्षको अवधिमा कम्पनीले एकपटकमात्रै बोनस शेयर वितरण गरेको छ भने बाँकी ९ वर्ष नगद लाभांश दिएको छ। आर्थिक वर्ष २०७७।७८ मा कम्पनीले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी ४० प्रतिशत लाभांश वितरण गरेको थियो।

अघिल्ला आर्थिक वर्षहरु २०७९/८० र २०७८/७९ मा भने कम्पनीले प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

यसैगरी आर्थिक वर्ष २०७६/७७ मा पनि ४० रुपैयाँ प्रतिशेयर नगद लाभांश दिएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा प्रतिशेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ मा कम्पनीले आफ्ना शेयरधनीहरुले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो। पछिल्लो १० वर्ष यी दुई आर्थिक वर्षमा कम्पनीले सर्वाधिक लाभांश दिएको देखिन्छ।

त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा शेयरधनीहरुलाई प्रतिशेयर ५१ रुपैयाँ नगद लाभांश वितरण गरेकोमा कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गरेको देखिन्छ।

नेपाली बजारमा हाल ठूला दूरसञ्चार सेवा प्रदायकमा नेपाल टेलिकम र एनसेल रहेका छन्। हाल कम्पनीमा नेपाल सरकारको शेयर स्वामित्व ९१.५२ र सर्वसाधारणको ८.४८ प्रतिशत रहेको छ। एनसेल भने निजी कम्पनीका रुपमा रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending