पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक बिहीबार पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको मानव सेवा आश्रममा पुगे । आश्रममा रहेकाहरूको स्वास्थ्य अवस्था बुझ्न मन्त्री पाठक त्यहाँ पुगेका थिए ।
‘जुन जुन आश्रम प्रदेश मातहतका अस्पताल नजिक पर्छन् । ती आश्रमहरूमा महिनाको एक पटक स्पेसल डाक्टरहरूसहितको टोली गएर स्वास्थ्य परीक्षण गराउनुपर्ने मेरो सोचाई थियो । सोहीअनुसार स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेको हुँ,’ पाठकले भने ।
आश्रमलाई मन्त्री अनुगमनमा आउने पूर्व जानकारी गराइएको थियो । मन्त्री आउने भएपछि आश्रमका सबैलाई जम्मा गरियो । सबैसँग मन्त्रीले साक्षात्कार गरे । सबै जना बसेर मन्त्रीलाई नमस्कार गरिरहेका थिए ।
त्यहाँ रहेका १५० को बिचबाट मन्त्री नजिक आइपुग्दा एक जना उठेर मन्त्रीलाई नमस्कार गरे । एक जना मात्रै उठेपछि मन्त्री पाठकले सोधेस् तपाईँको घर कहाँ ? उनी एक छिन अक्मकाए । मन्त्रीले दोहोराएर सोधेपछि उनले मेरो घर बागलुङ हो भने । आफ्नो घर पनि बागलुङ नै रहेकाले मन्त्री थप जिज्ञासा राखे । बागलुङ कहाँ भनेर मन्त्रीले सोधे ।
उनले अमलाचौर भने । मन्त्री पुनः सोधे गाउँको नाम साधे । त्यसपछि पनि गाउँका ककसलाई चिन्नुहुन्छ भनेर मन्त्रीले सोधे । त्यति बेलासम्म मन्त्रीले उनलाई चिनिसकेका थिएनन् । मन्त्रीले उनको नाम पनि सोधे । उनी थिए, बागलुङ अमलाचौर कालीमाटीका कुलप्रसाद ढकाल ।
उनले नाम भनेसँगै मन्त्री पाठक एक छिन भावुक भए । नाम सुन्नासाथ मन्त्री पाठकले भनेः तिमि उहाँ छौँ ? मलाई चिन्यौँ ? त्यति भनेपछि उनी त्यहाँबाट निस्किए । नाम भएपछि मन्त्री पाठकले सम्झिए । कुलप्रसाद मन्त्री पाठकका बाल्यकालका साथी रहेछन् । मन्त्री पाठककाअनुसार कुलप्रसाद र उनी बाल्यकालमा सँगै विद्यालय जाने गर्थे । उनीहरूले पृथ्वी माध्यमिक विद्यालयमा पर्थे । पाठक विद्यार्थी राजनीति गर्थे । कुलप्रसाद राजनीतिमा चासो राख्थे ।
त्यसपछि पाठक राजनीतिमा लागे । कुलप्रसाद गाउँमै खेती किसानी गर्थे र कहिलेकाहीँ भारतमा पनि जाने गर्थे । उनी परिवारबाट समेत १०र१२ वर्षअघि देखि हराइरहेका थिए । परिवारले पनि उनको आस मारिसकेको थियो ।
मन्त्रीले पाठकले कुलप्रसादलाई नभेटेको पनि १५र१६ वर्ष भएको थियो । त्यस कारण पनि उनले सुरुमै चिन्न सकेनन् । करिब १५ वर्षपछि अप्रत्याशित रूपमा कुलप्रसादलाई भेट्दा मन्त्री पाठक एक छिन भावुक भए । ‘बाल्यकालमा सँगै खेलेका साथी हौँ । पछि म राजनीतिमा लागे । उहाँले गाउँमै खेती किसानी गर्नुहुन्थ्यो । कहिले कसो भारत पनि जानुहुन्थ्यो । करिब १५ वर्ष भएको थियो भेट नभएको । सबैले हरायो । म¥यो भनेर आस मारिसकेका थिए । एक्कासि भेट्दा भावुक भएँ,’ मन्त्री पाठकले भने ।
त्यसपछि मन्त्री पाठकले कुलप्रसादको परिवारलाई पनि जानकारी गराए । ‘मैले भेटेपछि परिवारलाई जानकारी गराएँ । घरमा लगेर जाने स्थिति छ भने लगेर जानुस् भन्ने कुरा गरेँ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - २१:१९
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यअवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन...
आषाढ़ २० गते, २०८३ - २१:०८
काठमाडौँ । सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र...
आषाढ़ २० गते, २०८३ - २०:५६
बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई अघि बढाउँदै रुपन्द...
आषाढ़ २० गते, २०८३ - २०:३७
बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि,...
आषाढ़ २० गते, २०८३ - २०:१९
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...
आषाढ़ २० गते, २०८३ - २०:१८
विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...
आषाढ़ २० गते, २०८३ - ०८:११
धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...
आषाढ़ २० गते, २०८३ - ०८:०६
काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...
आषाढ़ २० गते, २०८३ - ०७:४४
काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...
आषाढ़ २० गते, २०८३ - ०७:४१
काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...



प्रतिकृया लेख्नुहोस्: