Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

नेपाल र भारतबिच श्रम सम्झौता नहुँदा समस्यामा मजदुर

खबरडबली संवाददाता

जनकपुरधाम। नेपालीका लागि रोजगारको प्रमुख गन्तव्य भारत पनि हो । तराई मधेशका जनताका लागि छिमेकी राष्ट्र छिमेकी गाउँ जस्तो भएको छ । जहाँ न भिसाको झन्झट हुन्छ न कुनै ठुलो रकम नै जोहो गर्नुपर्ने हुन्छ । सहजै रोजगारीका लागि जान सकिने राष्ट्रसँग श्रम सम्झौता नहुँदा नेपालीले बारम्बार दुःख पाइरहेको अवस्था छ । 

नेपाल र भारतबिचको खुला सीमा, सांस्कृतिक निकटता र ऐतिहासिक सम्बन्धले दुई देशबिचको श्रम आप्रवासनलाई सहज बनाएको हो । रोजगारीका लागि सहजै भारत प्रवेश गर्ने नेपाली मजदुरको अवस्था भने दयनीय बन्दै गएको छ । जसले गर्दा भारतमा काम गर्न जाने नेपाली मजदुरका लागि थप चुनौती र समस्या बनेको छ । 

गत वर्ष मात्र रोजगारीका लागि भारतस्थित काश्मीर पुगेको मधेशको एक टोली बन्धकमा परेको थियो । जसलाई भारतीय ठेकेदारले बन्धक बनाएर महिनौँ काम लगाएका थिए र ज्यान जोखिममा राखेर काम गरेको ज्यालासमेत पाएनन् । टोलीमा धनुषा, महोत्तरी र सर्लाहीका गरी ४२ जना पुरुष मजदुर कामदार थिए । उनीहरूले जसोतसो गरी त्यहाँको अवस्थाबारे परिवारलाई जानकारी गराएपछि परिवारका सदस्यले खोजतलास गर्दै जाँदा अभियन्ता सरोज राय, मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था किन इन्डिया टिम र कामदार टोलीबाट भागेर आएका चन्दन मण्डलको सहायताले उद्धार गरिएको थियो ।

टोलीले बन्धक बनाएकालाई उद्धार गरियो तर उहाँहरूले काम गरेको ज्याला सुको पनि पाउनुभएन । नेपाल सरकारले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएन । जसले बर्सेनि रोजगारीका लािग भारत जाने नेपाली श्रमिक कानुनी संरक्षणको अभाव, शोषण र असुरक्षाको सामना गर्नु परेको छ । 

नेपालमा रोजगारी नपाइनु र पाए पनि सीमित समयका लागि मात्र पाउनुले यहाँका विपन्न परिवारका नागरिक नेपालभन्दा भारतमै गएर काम गर्न रुचाउँछन् । रोजगारी नै जीवनको मुख्य समस्या बनेपछि हारगुहार गर्ने निकाय नै हुँदैन । किनकि नेपाल र भारतबिच कुनै किसिमको श्रम सम्झौता नभएको अभियन्ता सरोज राय बताउछन । उनी भनछन, “भिसा लिएर कमाउन जानेको सवालमा नेपाल सरकार सचेत छ तर बर्सौंदेखि भारत जाने कामदारका लागि नेपाल सरकार गम्भीर छैन, जसले गर्दा नेपाली मजदुरले भारतमा यस्तो अवस्था बेहोर्नु परेको हो ।” 

भारत पुगेका कामदारलाई ठुलो विभेद गरिएको र यसमा सरकार गम्भीर नबनेको उनको भनाइ छ। भारत जाने कामदारलाई आफू शोषणमा परेकोसमेत थाहा हुँदैन । जसोतसो घर लैजान पैसाको जोहो गर्न पाए हुन्थ्यो भन्ने हु्न्छ । एउटा काम भनेर अर्को काममा लगाउने गरेको कुरा आक्कलझुक्कल बाहिरिएको छ । 

गत असारमा मधेश प्रदेशका ४२ जना श्रमिकलाई भारतको काश्मीरमा बन्धक बनाएर महिनाँै काम गराएर राखिएको थियो । त्यसको दुई महिनापछि पुनः त्यही ठाउँबाट २७ जना र गत महिना मात्र मोरङका २७ जनाको टोलीलाई सोही ठाउँबाट किन इन्डिया टिमले उद्धार गरेको थियो । रोजगारीमा गएकाको जागिर र पारिश्रमिक निश्चित हुँदैन भने सयौँ नेपाली ठगिएका छन् । भारत गएका एक जना कामदार भन्छन्, “नेपालमा रोजगारी छैन, भारतमा रोजगारी छ, सुरक्षा छैन, हामी छाक टार्ने जोहो गर्न कहाँ जाने रु बाध्य भएर दुःख भए पनि भारतै जान्छौँ, पैसा हुने विदेश जान्छन्, पैसा नहुने भारत जान बाध्य छौँ ।” 

भारत गएका कामदारको रोजगारी, बसोबास, सुरक्षालगायत विषयमा कुनै सुनिश्चित नहुँदा नेपाली कामदार समस्यामा पर्ने गरेका छन् । नेपालको दैनिक कमाइले घरखर्च धान्न धौ धौ हुँदा भारतको कमाइ भने चोखो बचाउन सकिने आसमा रोजगारी खोज्न भारत जानेहरू आफन्त, दलाल र ठेकेदारको सम्पर्कबाट भारत जाने गर्छन् । 

उद्धार गरिएका रञ्जित चौधरी भारतमा रोजगारीका व्रmममा ठेकेदार र दलालको बदमासीका कारण सुरक्षित नहुने गरेको बताउछन । भारतबाट फर्केपछि उहाँ साउदी जानुभयो । राम्रो कमाइको प्रलोभन लगिने तर भने अनुसार रोजगारी र काम नहुँदा कामदारले दुःख पाइरहेका हुन्छन् । नेपाल–भारतको खुला सीमाका नेपालबाट भारत प्रवेश गर्ने नेपाली रोजगारीका नाममा ठगिने व्रmम बढ्दै गएको छन ।

रोजगारीमा लगाइदिने आश्वासन देखाउँदै भारत लैजाने गिरोहलाई पनि प्रहरीले बेलाबखत पव्रmाउ गर्ने गरेको छ । मधेशका जनताका लागि भारत रोजगारको प्रमुख गन्तव्य हुनु उनीहरूको वर्तमान सामाजिक र आर्थिक अवस्थाको परिणाम हो । भारततर्फको निर्भरता घटाउन स्थानीयस्तरमा रोजगारी सिर्जना र श्रमिकको हित संरक्षणमा राज्यले ध्यान दिन आवश्यक छ । साथै मधेशको आर्थिक विकासका लागि रणनीतिक रूपले सम्बोधन गर्नुपर्ने प्राथमिक क्षेत्र पनि हो ।

मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायका अनुसार श्रमिकका लागि सिप तथा तालिमको व्यवस्था गरिएको छ । उनले फर्केकाका लागि स्वरोजगार कार्यव्रmम नीति तथा कार्यव्रmममा राखिएको उल्लेख गरे । उद्धार केन्द्रको स्थापनाका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । उनले भने, “वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कार्यविधि पनि ल्याउँदै छ, जसले गर्दा कामदार ठगिने जस्ता समस्याबाट जोगिने छन् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घर फर्किने सपना बीचमै टुट्यो: खोलाले बगायो दुई निर्दोष बालक

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...

लिखु–४ जलविद्युत्को वातावरणीय बजेट खर्चमाथि प्रश्न, गाउँपालिकाले माग्यो स्पष्टिकरण

ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...

लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...

भूमिहीन र सुकुमवासीमाथि ‘डोजर अभियान’ रोक्न सरकारलाई चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...

भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र डामी एप सुविधा एउटै प्याकेजमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...

एनआई सी एशिया बैंकद्वारा आश्रम र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...

काठमाडौं–४ मा भोलि वडास्तरीय दौड प्रतियोगिता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ ।  प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...

रमा तिवारी हत्या प्रकरण : लेनदेन विवादपछि हत्या, भारतीय नागरिक पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...

रास्वपा सांसद ढकाल सवार गाडी दुघर्टना

गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending