रौतहट । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन (अवैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै पुनः उत्कृष्ट भएको छ ।
राजश्व संकलनमा गत आर्थिक बर्षमा देशमै उत्कृष्ट रहेको गुल्म यस आर्थिक वर्षमा पनि प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले उत्कृष्ट बनेको हो।
वीरगन्ज भन्सार एरियाबाट यस आर्थीक बर्षको साउन देखी मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा को तस्करीको माध्यमले भित्र्याइएको १० करोड भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको हो ।
डिएसपी रिजाल अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणको तस्करीको माध्यमले भित्र्याएको मालसमान बरामद गर्न सफल भएका हुन् ।
सशस्त्र प्रहरी बल प्रस्तावित भन्सार गुल्मको इतिहासमा डिएसपी रिजालको कमाण्डले सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरी भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एस एसपी सुर्यसेन ओलीले बताएका छन् ।
यस आर्थिक वर्षको साउन महिनामा २ करोड ६१ लाख ५० हजार ८८२, भदौ महिनामा २ करोड ६१ लाख,१७ हजार,८६८, असोज महिनामा १ करोड ६४ लाख,६३ हजार,६३४, कार्तिक महिनामा,१ करोड ५३ लाख,२१ हजार ,८३५ , र मंसिर महिनामा २ करोड,६ लाख,३३ हजार,५८१ गरी कुल १० करोड ४६ लाख, ८७ हजार,८०० रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको डिएसपी सुरज रिजालले बताएका छन्।
त्यसैगरी सोही अवधिमा सशस्त्र प्रहरीको टोलीले चेक जाँचको क्रममा साढे ३३ किलो गाँजा, बिभिन्न किसिमका नशालु इन्जेक्सन १६ सय ८ एमपुल,७ हजार ३५६ ट्याबलेट,८४ फाईल झोल औषधी बरामद गरिएको डिएसपी रिजालले बताएका छन्।
उक्त अवधिमा लागूऔषध ओसारपसार, तस्करीमा संलग्न २१ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
डिएसपी रिजाल वीरगन्ज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । गत आर्थिक बर्षमा हाजिर भएको मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैयाँ मूल्य बराबरको तस्करीका मालसमान बरामद गरी भन्सारमा बुझाएको थियो।
सशस्त्र प्रहरी बल वीरगन्ज गुल्म यस आर्थिक वर्षको मंसिर मसान्त सम्ममा तस्करीका मालसमान बरामद गरी भन्सार दाखिला गराउन नेपालमै उत्कृष्ट हुनसफल भएको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - २२:००
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...
जेष्ठ २२ गते, २०८३ - २१:३६
ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...
जेष्ठ २२ गते, २०८३ - २१:३०
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...
जेष्ठ २२ गते, २०८३ - २०:१३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...
जेष्ठ २२ गते, २०८३ - २०:०९
काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...
जेष्ठ २२ गते, २०८३ - २०:०२
काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...
जेष्ठ २२ गते, २०८३ - २०:००
काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ । प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...
जेष्ठ २२ गते, २०८३ - १९:५४
झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...
जेष्ठ २२ गते, २०८३ - १९:३७
गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...



प्रतिकृया लेख्नुहोस्: