Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सकियो लुम्बिनी महोत्सवः ३ लाख दर्शकले गरे अवलोकन, १० करोड बढीकाे कारोबार

खबरडबली संवाददाता

भैरहवा  । रुपन्देहीको भैरहवामा आयोजित नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा सम्पन्न भएको छ । सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म १२ दिनसम्म महोत्सव संचालन भएको थियो । महोत्सवमा क्रेता–विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन् ।

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिकेको संघले दावी गरेको छ । महोत्सव समापनको अवसरमा बोल्दै संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मेलामा आन्तरिक र भारतीय गरी करिब ३ लाख दर्शकले अवलोकन गरेको जनाए । महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार भएको छ ।

‘सबै स्टल धनीहरुले आफ्नो बस्तु तथा सामान विक्री गर्नुभयो । यसबाट सबै स्टल धनीहरु उत्साहित भएको हामीले पाएका छौं’, उनले भने, ‘पक्कै पनि महोत्सवले बजारलाई केही समय चलायमान बनायो । निरास रहेका उद्योगी–व्यवसायीमा उत्साह थपेको छ ।’

महोत्सवको समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सबै उत्पादनको एकै थलोमा प्रदर्शनी गरिँदा आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै ऐन, कानून सुधार र परिमार्जन गरेर भए पनि पर्यटकीय वातावरण बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री न्यौपानेले गौतमबुद्ध विमानस्थलमा दुईचार वटा जहाज उड्दैमा केही नहुने भन्दै कम्तिमा दैनिक ५० विमान उडान–अवतरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । ‘हामीले पर्यटनका कुरा गर्छौं, अर्बौं खर्चिएर बनाएको विमानस्थलमा विमान उड्दैनन् । नाकाका पर्यटकलाई सास्ती दिइन्छ’, उनले भने, ‘अब सुधार गरौं । पर्यटकमैत्री वातावरण बनाऔं । सबैले म–म भनेर काम गरे समस्या समाधान हुन्छ ।’ उनले विश्वका धेरै मुलुकले पर्यटनबाटै समृद्धि हासिल गरेको जनाउँदै नेपालले पनि यसका लागि काम गर्नुपर्ने बेला आएको जनाए । भैरहवामा आयोजित महोत्सवले निजी क्षेत्रमा आशाको संचार पैदा गरेको आफूले पाएको उनले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विशिष्टिकृत मेलामहोत्सवले आर्थिक गतिविधिलाई बढवा दिने जनाए । उनले राजनीतिक स्थिरता नहुँदा उद्योगी–व्यवसायी, आमनागरिकले समस्या भोगिरहेको जनाउँदै यस्तै अवस्था रहे सरकार पनि कठिन मोडमा पुग्न सक्ने बताए । लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले अहिले निजी क्षेत्र निराश बनिरहेको जनाउँदै पर्यटनका माध्यबाट यसलाई माथि उकास्नु पर्नेमा जोड दिए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुसाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले स्वदेशी उत्पादनको प्रबद्र्धन र विकासका लागि महोत्सव कोशेढुंगा सावित भएको जनाए ।

संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले नाफा कमाउने नभई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको जनाए । ‘यो महोत्सवले सबै क्षेत्रमा आशाको संचार पैदा गरेको छ । यहाँ आएका सबै उद्योगी–व्यवसायी खुशी हुनुहुन्छ’, उनले भने, ‘सरकारी तहबाट पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने र समस्यामा साथ दिने हो भने अहिलेको सुस्ताएको आर्थिक अवस्थालाई माथि उठाउन सकिन्छ ।’

संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सवमा मुलुकका ४० जिल्लाका उत्पादन प्रदर्शनी गरिएको बताए । ‘महोत्सवमा निःुशल्क माटो परीक्षण समेत भयो । महिलाहरुलाई स्वरोजगार बनाउन मेहन्दी लगाउने तालिम, भैरहवा आइडल र भ्वाइस अफ भैरहवा, नवउद्यमशीलता तालिम गरियो’, उनले भने, ‘महोत्सवले कृषि, पर्यटन, अटो मोबाइल्स, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरेको छ ।’

समापनको अवसरमा र्याली, स्टल, भैरहवा आइडल, भ्वाइस अफ भैरहवा, मेहन्दी प्रतियोगिता, विद्यालयस्तरीय नृत्यमा उत्कृष्ट भएकालाई नगदसहित पुरस्कृत गरिएको थियो । महोत्सवमा स्थानीय खाना र उत्पादनलाई विशेष प्राथमिकता दिएर प्रदर्शनी गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending