Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मध्यपश्चिम विश्वविद्यालय जहाँ पुग्यो मदिराको बिल !

भ्रष्टाचार नै भएको सर्वोच्चको व्याख्या

फाइल तस्बीरः मध्यपश्चिम विश्वविद्यालय
खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले एउटा विषयका लागि लिइएको पेश्की अर्को कुनै ब्यहोरामा प्रयोग गर्नु भ्रष्टाचार हुने व्याख्या गरेको छ ।

करिब एक दशकअघि मध्यपश्चिम विश्वविद्यालयमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दाको व्याख्यामा सर्वोच्चले जथाभावी गरिएका खर्च पटकपटक दोहोरिनुलाई त्रुटि भन्न नमिल्ने बताएको छ । त्यस्तै, बेरूजु कायम गरेर मात्रै त्यसको समाधान नहुने पनि व्याख्यामा उल्लेख छ ।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले दुई वर्षअघि गरेको फैसलाको पूर्णपाठ हालै नेपाल कानून पत्रिकामा प्रकाशित भएको हो । सर्वोच्चले विश्वविद्यालयको कार्यक्रमका लागि लिइएको पेश्कीबाट होटल, किराना पसल, कपडा पसल, फेन्सी र खाद्यान्नका बिल पेश गरेर रकम भुक्तानी लिनु गम्भीर कसूर भएको भन्दै त्यस्ता क्रियाकलापलाई पनि भ्रष्टाचार नै मान्नुपर्ने व्याख्या गरेको हो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रमाण नै पेश नगरी आधार र कारण नभई विश्वविद्यालय कोषको रकम भुक्तानी दिने काम भएको देखिन आएकाले बदनियत उक्त काम भइ स्पष्ट हानी नोक्सानी पुर्‍याएको देखिन आउँछ ।’

विशेष अदालतले तत्कालीन उपकुलपति पदमलाल देवकोटा, नवराज कँडेल, श्रीरामप्रसाद उपाध्याय, रामचन्द्र अर्याललाई सफाइ दिएको थियो ।

त्यही फैसला सदर गर्दै सर्वोच्च अदालतले सुधन गौली, गणेश बहादुर रावत, पारसराम गिरी, जीवनकुमार थापा, गगनसिंह बोहरा, डा. ठकेन्द्र प्रकाश गिरी र कमलकेसीलाई दोषी ठहर गरेको हो ।

रजिष्ट्रार गिरीका साथै सेवा आयोगका अध्यक्ष नवराज कँडेल, लेखा नियन्त्रक कमल केसी, अनुगमन अधिकृत गगनसिंह बोहरा, उप–प्राध्यापक गणेश रावत, डिन रामचन्द्र अर्याल, सहायक प्रशासक पारसराम गिरी, सहायक प्रशासक जीवनकुमार थापा, उप–प्राध्यापक सुधन गौली लगायतमाथि अख्तियारले भ्रष्टाचारको आरोप लगाएको थियो ।

२०६८र६९ ताका मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीहरूले मनोमानी खर्च गरेका थिए । उनीहरूले विभिन्न कार्यक्रमका लागि निकासा भएको बजेटमा सकेर मदिरा, पेयपदार्थदेखि भित्री वस्त्रका बिल समेत पेश गरेका थिए त्यतिबेला बडि स्प्रे, मञ्जन, ब्रस, मोजा, सेभिङ मेसिन, मोबाइल चार्जर र जुत्ता पालिसको बिलसमेत पेश भएको थियो ।

पदाधिकारीहरूले आफ्नो घर मर्मत र रंगरोगनमा पनि विश्वविद्यालयको बजेट दुरूपयोग गरेको भेटिएको छ । २०६९ साउन ५ को कार्यकारी परिषद्ले पदाधिकारीहरूलाई घर मर्मत र साजसज्जाको दोहोरो सुविधा दिने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले भनेको छ, ‘विश्वविद्यालयको रजिस्ट्रारको जिम्मेवारीपूर्ण पदमा रहँदाको अवस्था ऐन कानूनले दिएको अधिकारको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्नुपर्नेमा अधिकारको दुरूपयोग गरी बदनियतसाथ विश्वविद्यालयको कोषको रकम हिनामिना गरेको देखिन्छ ।’

रजिष्ट्रार ठकेन्द्र प्रकाश गिरीले ‘होटलमा बियर लगायतका खानेकुरा खाएको’ बिल विश्वविद्यालयमा पेश गरेका थिए । विश्वविद्यालयको खर्चमा ‘ह्विस्की पिएको र अन्य परिकार’ भनी बिल समावेश थियो छ । सर्वोच्च अदालतले असम्बन्धित विषयको बिल पेश गर्ने त्यस्तो कामलाई भ्रष्टाचार भनेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending