काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कूप्रचारबाट बच्न आग्रह गरेका छन् । राजधानीमा आयोजित आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले समाजमा एआईको प्रयोग गरेर गलत प्रचार हुने गरेको बताए ।
कूप्रचारमा कसरी मानिस झुकिन्छन् भन्ने बुझाउन प्रधानमन्त्री ओलीले वामदेव गौतमको टेलिफोन सम्वादलाई उदाहरणका रुपमा लिएका थिए । ओलीका अनुसार, एआई प्रयोग गरी ओलीकै स्वरमा बनाएको भिडियो हेरेर वामदेव गौतमले प्रधानमन्त्री र एमाले अध्यक्ष पद छोड्न सुझाव दिएका थिए ।
‘अहिले भर्खर म बाटोमा आउँदै थिएँ, बामदेव गौतमजीको फोन आयो’ ओलीले भने, ‘अनि के भन्नुभयो भने, (ओलीकै स्वरमा एआई प्रयोग गरी बनाइएको भिडियोमा भएको कुरा वामदेवले सुनाए) मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिला नै थाहा थियो, तर म चुप लागेँ । कांग्रेसले मारेको भन्ने पहिला नै थाहा थियो, मार्छ भन्ने पनि थाहा थियो ।’
यस्तो भिडियो देखेपछि वामदेव गौतमले राजेश (ओलीको स्वकीय सचिव) भनेर आफैसँग प्रधानमन्त्री र अध्यक्ष छोड्न भनेको प्रसंग ओलीले सुनाए ।
‘वामदेवजीको नम्बरबाट फोन आएपछि राजेशबाट फोन लिएर मैले उठाएँ, के छ हालखबर भनियो । कुरा गर्दै गइयो, ल तिम्रो ठूलोबालाई भन्देऊ । प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ अध्यक्षबाट पनि’ वामदेवले भनेको प्रशंग ओलीले सुनाए ।
तर टेलिफोनमा बोलिञ्जेलसम्म वामदेवले आफूलाई नचिनेको पनि प्रधानमन्त्री ओलीले बताए ।
‘अचम्म के लाग्यो भने ।। मेरो आवाज चिन्नुभयो यूट्यूबमा बोलेको, म उहाँसँग कुरा गरिरहेको छु, त्यो चाहिँ चिन्नुभएन’ प्रधानमन्त्री ओलीले भने, ‘एआईको जमाना छ, बनायो होला मेरै आवाजमा कांग्रेस र हाम्रो बीचमा लडाईं लगाउने र मलाई डिफेम लगाउने हिसाबले ।’
प्रधानमन्त्री ओलीले यस्तो गलत कामको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको पनि आरोप लगाए ।
‘।। प्रचण्ड महोदयले नराम्रो कामको नेतृत्व गरिरहनु भएको छ । र उहाँहरुको गिरोह त्यो सक्रिय छ । अरु होइन, नेकपा एमालेकाविरुद्ध सक्रिय छ, र त्यसमा पनि मेराविरुद्ध सक्रिय छ’ ओलीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - १९:२१
काठमाडौ । काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण ...
चैत्र २८ गते, २०८२ - १९:०६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचेर जनताको हकअधिकार खोस्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्न...
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...


प्रतिकृया लेख्नुहोस्: