काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कूप्रचारबाट बच्न आग्रह गरेका छन् । राजधानीमा आयोजित आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले समाजमा एआईको प्रयोग गरेर गलत प्रचार हुने गरेको बताए ।
कूप्रचारमा कसरी मानिस झुकिन्छन् भन्ने बुझाउन प्रधानमन्त्री ओलीले वामदेव गौतमको टेलिफोन सम्वादलाई उदाहरणका रुपमा लिएका थिए । ओलीका अनुसार, एआई प्रयोग गरी ओलीकै स्वरमा बनाएको भिडियो हेरेर वामदेव गौतमले प्रधानमन्त्री र एमाले अध्यक्ष पद छोड्न सुझाव दिएका थिए ।
‘अहिले भर्खर म बाटोमा आउँदै थिएँ, बामदेव गौतमजीको फोन आयो’ ओलीले भने, ‘अनि के भन्नुभयो भने, (ओलीकै स्वरमा एआई प्रयोग गरी बनाइएको भिडियोमा भएको कुरा वामदेवले सुनाए) मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिला नै थाहा थियो, तर म चुप लागेँ । कांग्रेसले मारेको भन्ने पहिला नै थाहा थियो, मार्छ भन्ने पनि थाहा थियो ।’
यस्तो भिडियो देखेपछि वामदेव गौतमले राजेश (ओलीको स्वकीय सचिव) भनेर आफैसँग प्रधानमन्त्री र अध्यक्ष छोड्न भनेको प्रसंग ओलीले सुनाए ।
‘वामदेवजीको नम्बरबाट फोन आएपछि राजेशबाट फोन लिएर मैले उठाएँ, के छ हालखबर भनियो । कुरा गर्दै गइयो, ल तिम्रो ठूलोबालाई भन्देऊ । प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ अध्यक्षबाट पनि’ वामदेवले भनेको प्रशंग ओलीले सुनाए ।
तर टेलिफोनमा बोलिञ्जेलसम्म वामदेवले आफूलाई नचिनेको पनि प्रधानमन्त्री ओलीले बताए ।
‘अचम्म के लाग्यो भने ।। मेरो आवाज चिन्नुभयो यूट्यूबमा बोलेको, म उहाँसँग कुरा गरिरहेको छु, त्यो चाहिँ चिन्नुभएन’ प्रधानमन्त्री ओलीले भने, ‘एआईको जमाना छ, बनायो होला मेरै आवाजमा कांग्रेस र हाम्रो बीचमा लडाईं लगाउने र मलाई डिफेम लगाउने हिसाबले ।’
प्रधानमन्त्री ओलीले यस्तो गलत कामको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको पनि आरोप लगाए ।
‘।। प्रचण्ड महोदयले नराम्रो कामको नेतृत्व गरिरहनु भएको छ । र उहाँहरुको गिरोह त्यो सक्रिय छ । अरु होइन, नेकपा एमालेकाविरुद्ध सक्रिय छ, र त्यसमा पनि मेराविरुद्ध सक्रिय छ’ ओलीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: