Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

खबरडबली संवाददाता

डडेल्धुरा ।  जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आएका छन्  । 

विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गर्नुभएका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो । उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबीे फलेको छ ।

शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थाल्नुभएका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए । किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा दोलखाबाट एक सय १० बोट ल्याएर खेती गरेको जानकारी दिए । 

मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताए । उनले भने, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ ।” 

किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिए । विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उहाँले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गरे । 

सुरुका वर्ष प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताए । “किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन । बगानभित्र आलु, सागसब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ”, उनले भने, “कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु ।” 

पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिए । हाल बिरुवा र फलबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गरिरहनु भएका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन्  । 

छ देखि आठ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताए । लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending