Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

लुम्बिनी महोत्सवः हिमाल, पहाड र तराईका उत्पादनको संगम

खबरडबली संवाददाता

भैरहवा । जुम्लाको मार्सी चालम, सिमीको दाल, मुस्ताङको स्याउका परिकार, पाल्पाको ढाका,   दैलेखको अल्लोको कपडा, रुपन्देही र दाङमा उत्पादित मह, अचार लगायतका खाद्यवस्तु । यी सबै स्वदेशी खाद्यवस्तु तथा कपडालाई एकै ठाउँमा जमघट गराएको छ– भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवले । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि भैरहवास्थित अंचलपुरमा जारी महोत्सवले धेरै उपभोक्तालाई आकर्षित गराएको छ । एउटै ठाउँमा तराई, हिमाल र पहाडको उत्पादन खरिद गर्न पाउने भएपछि महोत्सव भर्न जाने दर्शक खुशी छन् ।

महोत्सवमा रहेका कृषि स्टलमा नेपालको कर्णालीदेखि मुस्ताङसम्मका नेपाली उत्पादन हेर्न, किन्न र यसका विशेषताबारे बुझ्न सकिन्छ । भैरहवाकी स्थानीय कविता आचार्यले महोत्सवमा गएर कोदोको पिठो, जुम्लाको चामल, गेडागुडी, मुस्ताङको छुर्पी र स्याउको भुजिया खरिद गर्न पाउँदा खुशी लागेको बताइन् । ‘पहाडको कोदोको पिठो, हिमालको छुर्पी महोत्सवमा किन्न पाइयो, यसले म जस्ता उपभोक्तालाई निकै सहज भयो’, उनले भनिन्, ‘हिमाल–पहाडका परिकार यसै स्वादिष्ट हुन्छन् । स्वास्थ्यबद्र्धक मानिन्छन् । महोत्सवमा किन्न पाउँदा खुशी लागेको छ ।’

उनीजस्ता धेरै उपभोक्ता अहिले भैरहवामा जारी महोत्सवमा पुगेर दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडासम्म खरिद गरिरहेका छन् । महोत्सवमा अटो प्याभेलियनमा विभिन्न ब्राण्डका गाडीबारे बुझ्ने र खरिद गर्नेहरु पनि धेरै छन् । ‘पर्यटन, उद्योग, कृषि र ब्यापार राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूुल नारा साथ जारी महोत्सवले हिमाल, पहाड र तराईका ब्यापारीलाई एकअर्कामा घुलमिल बनाएको छ नै उपभोक्ताहरुलाई समेत स्वदेशी उत्पादनप्रति आकर्षण थप गराएको छ । सबै उत्पादनको एउटै संगम हुँदा सबैभन्दा बढी सहज उपभोक्तालाई छ ।

कर्णाली प्रदेशको सुर्खेतदेखि कृषिका बिभिन्न उत्पादन लिएर भैरहवा आएकी पवित्रा नेपालीले आफूले जुम्ला, हुम्ला, मुगु, डोल्पा, बाजुरादेखि दैलेखसम्मका कृषि उत्पादन विक्री गरिरहेको बताइन् । ‘मैले कागुनो, जुनो र मार्सी जातका चामलहरु विक्री गरिरहेकी छु’, उनले भनिन्, ‘धेरैजनाले यी चामलको बारे बुझ्ने गर्नुभएको छ भने खरिद गरेर लैजाने समेत गर्नुभएको छ ।’

मुस्ताङको मार्फा लिएर महोत्सवमा बिक्री गरिरहेका हरिलाल बिश्वकर्माले पनि विक्रीदर राम्रो रहेको जनाए । उनी भन्छन्, ‘हिमाली भेगमा पाइने एप्रिकोटका परिकारहरु, स्याउका परिकारहरु मुस्ताङमा प्रशोधन गरेर यता ल्याएका हौं । यी सबै अर्गानिक उत्पादनहरु हुन् । जसले गर्दा महोत्सवमा राम्रो बजार पाइरहेको छ ।’

स्थानीय ब्यवसायी मधु भट्टराईले आफ्नो पसल किसान घरको नामबाट महोत्सवमा एउटा स्टल राखेकी छन् । भट्टराईको स्टलमा जौँको आटोपिठो, मकैको आटो, कोदोको पिठो, फापरको पिठो, जौँको सातु, मिक्स साथु लगायत उपलब्ध छ । ‘चिसो मौसम भएर पनि होला यहाँ यी खाद्यवस्तु खरिद गर्न धेरैजना आउनुभएको छ’, उनले भनिन्, ‘खरिद नगर्नेले पनि बडो चाख दिएर बुझ्नु हुन्छ । फेरि किन्छौं भन्ने प्रतिक्रिया दिनुहुन्छ ।’

महोत्सवमा कृषि स्टलहरुको बीचमा माछा पोखरी बनाइएको छ । माछा पोखरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य सुपोरजोनको प्राविधिक सहयोगमा निर्माण भएको हो । सुपरजोनले उक्त पोखरीमा माछा राखेको छ । महोत्सव अवलोकन गर्न आउनेले कृषि स्टल पुग्दा पोखरीबाट नै झिकेको ताजा माछाका विभिन्न परिकार बनाएर खान पाइरहेको छन् ।

माछापोखरीको वरीपरी ३० वटा कृषि स्टलहरु छन् । ति स्टलहरुमा थारु समुदायको ढिकरी, माछा, घोंगी, नेवार समुदायका परिकार, दुधको परिकार, केराको परिकार, च्याउको परिकार, कर्णाली प्रदेश र मुस्ताङ जिल्लाका कृषि उत्पादनहरु देख्न, किन्न र खाना सकिन्छ । महोत्सवको कृषि स्टलमा अल्लोबाट उत्पादन गरिएको कपडाहरु पनि राखिएको छ ।

महोत्सवको कृषि उपसमिती संयोजक यमकला न्यौपाने महोत्सवमा कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिएर अघि बढेको बताउँछिन् । न्यौपानेले कृषि उत्पादनका साथै प्रविधि बारे पनि सचेतना हुने गरि स्टलहरु रहेको जानकारी दिइन् ।

महोत्सव प्रचारप्रसार समिति संयोजक एवं संघका सचिव मंगल भण्डारीले मेलामा आउनेहरुलाई कृषि बारे सचेतना अभिवृद्धि होस् भनेर नेपाल कृषि अनुशन्धान परिषद राष्ट्रिय गहुँवाली कार्याक्रमले स्टलमा नेपाल सरकारका सूचिकृत भएका गहुँ र धानका प्रजातीहरुका नमूना तथा सचेतना अभिवृद्धि हुने खालका पर्चाहरु समेत राखिएको जनाए । यस्तै कृषि ज्ञान केन्द्रले राखेको स्टलमा कृषि बारे सचेतना अभिवृद्धि गर्ने खालका पर्चा र पम्पलेटहरु राखिएको छ ।

‘यसले महोत्सव भर्न आउने हरेक किसान, सर्वसाधारण र अन्य व्यापारीलाई सिक्ने र सिकाउने अवसर प्रदान गरिरहेको छ’, भण्डारीले भने । महोत्सव मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सबै उत्पादन एकै थलोमा प्रदर्शन गर्नु नै मेलाको विशेषता भएको बताए । ‘उत्पादनको बजारीकरण होस् र स्वदेशी उत्पादनको प्रयोग गर्न उपभोक्ता सूसुचित होउन् भन्ने लक्ष्यले कृषिलाई प्राथमिकतामा राखिएको छ’, उनले भने, ‘महोत्सवमा खाद्यान्न, कपडा, बाल उद्यान, हस्तकला, प्रविधि, बिभिन्न होटल तथा रेष्टुरेन्टका स्टलहरु, अटो मोवाइल्स लगायत छन् । यसले सबै क्षेत्रको एकैपटक बजारीकरण गरिरहेको छ ।’ महोत्सव पुस १ गतेसम्म संचालन हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending