काठमाडाैं । अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ ।
चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ ।
यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरिएको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ ।
तपाईलाई भनौं कि करिब १.४ अर्ब अर्थात १४० करोड जनसंख्या भएको चीन विश्वको दोस्रो ठूलो जनसङ्ख्याको भएको देश हो तर यहाँ ज्येष्ठ नागरिकको संख्या बढी छ । यस्तो अवस्थामा कलेजका विद्यार्थीले भविष्यमा देशको जनसङ्ख्या विकासमा महत्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ ।
अहिले धेरै युवाहरु रोमान्टिक सम्बन्ध बनाउन हिचकिचाउने गरेको अखबारले जनाएको छ । यस्तो अवस्थामा कलेज र युनिभर्सिटीले विवाह र प्रेम शिक्षाको पाठ्यक्रम उपलब्ध गराउन जरुरी छ । यस प्रयासको उद्देश्य विवाह र बच्चा जन्माउने वरिपरि अनुकूल सांस्कृतिक वातावरण प्रवर्द्धन गर्ने हो।
चेङकाइ युनिभर्सिटीका प्रोफेसर चि युयान ही भन्छन, ‘यो जरूरी भइसकेको थियो, सरकारले यसबारेमा थप निर्णय लिनु पर्छ । लभ र रोमान्सवाट भागिरहेका चिनियाँहरूलाइ अब त्यसमा सामेल गर्नु पर्छ ।’
केही समय अगाडि एउटा सर्वेक्षण गरिएको थियो, जसले लगभग ५७ प्रतिशत कलेज विद्यार्थीहरू रोमान्टिक सम्बन्धमा संलग्न हुन चाहँदैनन् भन्ने कुरा पत्ता लगाएको थियो। यसको सबैभन्दा ठूलो कारण शैक्षिक जिम्मेवारी र व्यक्तिगत सम्बन्धलाई सन्तुलनमा राख्न कठिनाइको सामना गर्नु हो।
केही दिन अघि एउटा क्यामेरा उत्पादक कम्पनिले अफिसमा रोमान्स गर्ने कर्मचारीलाइ नगद उपहारको घोषणा गरेको थियो । रोमान्स गरेमा २ हजार युयान र रोमान्स पछि बिबाह गरेमा १ हजार र सन्तान जन्माएमा ५ हजार युयान उपहार दिने घोषणा गरेको थियो । अहिले चीनमा रोमान्स गर्नेका लागि नीजि कम्पनिहरूले धेरै अफर दिइरहेको समाचार पढन पाइन्छ ।
यस्तो अवस्थामा सरकारले पनि कक्षा कोठामा ‘लभ र रोमान्स’ बारे पढाउने नीति लिएको हो, जुन सम्बन्धलाई उनीहरूले टाढै राख्ने प्रयास गरिरहेका थिए । । अब सरकारको यो प्रयासले परिस्थितिमा केही सुधार आउँछ कि गर्दैन्, त्यो हेर्न बाँकी नै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...
आषाढ़ ६ गते, २०८३ - २१:३५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...
आषाढ़ ६ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...
आषाढ़ ६ गते, २०८३ - २१:१४
काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...



प्रतिकृया लेख्नुहोस्: