Ntc summer Offer
Khabar Dabali २९ पुष २०८१ सोमबार | 13th January, 2025 Mon
Investment bank

इजरायलले भन्यो- विपिन जीवित छन्, चाँडै काठमाडौँ फर्किनेछन्

खबरडबली संवाददाता

काठमाडौं । गत वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको हमलापछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ।

नेपालका लागि नवनियुक्त इजरायली राजदूत समुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको दाबी गरेका छन्।

‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ,’ राजदूत वासले बिहीबार काठमाडौँमा पत्रकारहरूसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै महत्त्वपूर्ण छन्। उनी चाँडै काठमाडौँ फर्किनेछन्।’

उनले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायमा अन्तिम वर्ष अध्ययनरत ४९ जना विद्यार्थी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। तीमध्ये १० जना नेपाली विद्यार्थीले गत वर्ष असोज २० गते प्यालेस्टाइनी उग्रवादी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका थिए। 

त्यसै दिन विपिनलाई हमासले इजरायलको अलमिम किवुजबाट बन्धक बनाएर गाजा क्षेत्र लगेको भनिएको छ। २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिए पनि दुईपटक भएको युद्धबिरामका बीच १ सय ५ जना रिहा गरिसकेको छ। 

८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो। हालसम्म बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिएको छ।

विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेको र उनीहरूको रिहाइका लागि पहल भइरहेको राजदूत वासले बताए।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।  लामिछाने बिहान कार्यलय खुल्ने...

शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहको ३६८ शिक्षक (विज्ञापनसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको छ।  आइतबार सूचना जारी गर्दै आयोगले एक महिने म्याद राखेर विभिन्न विषयक...

छ वर्षको उमेरकै आसपास बालिकाहरूमा महिनावारी सुरु हुनुका कारण

काठमाडौं । एक छ वर्षीय छोरीकी आमा अर्चनाले आफ्नी सन्तानको शरीरमा उल्लेख्य परिवर्तन देखेपछि त्यो अस्वाभाविक मान्दै चिन्तित भइन्। "म त्यस्तो कलिलो उम...

हमास र इजरायलले गाजा युद्धविराम गर्ने संकेत देखाएका हुन् ?

दोहा । इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम वार्ताबारे मध्यस्थकर्ता कतारले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्...

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै छन्।  लामिछाने बिहान कार्यलय खुल्न...

आज सखरखण्डर र पिँडालुको मूल्य उच्च, तरकारीको कति ?

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकत...

मध्यरातसम्म मन्त्रिपरिषद् बैठक- संसद् छलेर अध्यादेशबाट शासन गर्न खोज्दै ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातसम्म मन्त्रिपरिषद् बैठक राखेर केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेका ...

रवि लामिछानेविरुद्ध जिल्लैपिच्छे फरक-फरक कानुन

सर्वाेच्चको नजिर– ऋण प्रवाहमा प्रत्यक्ष संलग्न नभएकालाई थुन्न मिल्दैन

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गर...

हिजो अहिलेसम्मकै उच्च मूल्य कायम भएको अमेरिकी डलरको कारोबार आज कतिमा हुँदैछ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपै...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy