भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सव अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी टूर प्याकेज घोषणा गरिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अंचलपुरमा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव हुँदैछ । संघले मेला भर्न आउने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी टूर प्याकेज ल्याएको हो ।
प्याकेजमा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम लगायत बुद्धस्थलसँग सम्बन्धित क्षेत्र समेटिएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गराइएको जनाए । ‘यसले मेला भर्न आउने दर्शकलाई उत्साह थप्ने हामीले विश्वास गरेका छौं’, उनले भने, ‘ट्राभल एजेन्सीहरुसँग सहकार्य गरी प्याकेज बनाइएको हो ।’
आयोजकका अनुसार टूर प्याकेजमा भारतीय र तेस्रो मुलुकका पर्यटकलाई बढी केन्द्रित गरिएको छ । टूर प्याकेज सामान्य अवस्थामा भन्दा ३०–४० प्रतिशतसम्म सस्तो हुनेछ । महोत्सवमा टिकट काटेका आधारमा छुट सुविधा दिइने अध्यक्ष श्रेष्ठले बताए । बेलहिया मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । यहाँबाट मुलुक प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका पर्यटकलाई मेलास्थलसम्म ल्याएर स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य आयोजकको छ ।
‘महोत्सव अवधिमा बेलहियाबाट मुलुक भित्रिने पर्यटक मेला स्थलमा आएर टिकट काटेर अवलोकन गरेमा कम्तिमा हाम्रो उत्पादनको अन्तर्राष्ट्रियरुपमा बजारीकरण हुन्छ भन्ने विश्वास छ’, अध्यक्ष श्रेष्ठले भने, ‘यसैले टूर प्याकेजमा टिकट अनिवार्य गरिएको हो ।’ समूहमा आउने पर्यटकलाई टूर प्याकेजमा विशेष छुट समेत दिइने छ ।
टूर प्याकेजले महोत्सव र बुद्धसँग सम्बन्धित स्थलहरुको थप प्रचारप्रसार र प्रबद्र्धन हुने विश्वास लिइएको छ । ‘टूर प्याकेज लिन कति आउनुहुन्छ अहिल्यै भन्न सकिँदैन तर महोत्सवमा आएर प्याकेज लिएर घुम्दा पर्यटक र हामी सबैलाई फाइदा हुन्छ’, उनले भने, ‘यसैले हामीले केही ट्राभल एजेन्सीहरुलाई प्याकेजबारे प्रचारप्रसार गर्न अनुरोध गरेका छौं ।’
आयोजकले तेस्रो मुलुक र भारतीय पर्यटकले प्याकेज बढी मात्रामा लिने विश्वास गरेका छन् । प्याकेज पर्यटकले भनेअनुसार समयावधिको हुने जनाइएको छ । महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं संघका सचिव मंगल भण्डारीले भारतीय र तेस्रो मुलुकका पर्यटकले बुद्धस्थलसँग सम्बन्धित स्थलहरु बढीमात्रामा घुम्न खोज्ने भएकाले टूर प्याकेज धेरै विक्री हुने अनुमान गरिएको जनाए ।
उनका अनुसार महोत्सवबारे नजिकका भारतीय बजारहरुमा प्रचारप्रसार गरिएको छ । यसका साथै भारतीय विभिन्न एजेन्सी र व्यापारीहरुमार्फत् विभिन्न सहरहरुमा महोत्सव र टूर प्याकेजबारे जानकारी गराइएको छ । मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन महोत्सवमा राखिने र राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने भएकाले विदेशी पर्यटकले यहाँ आएर आनन्द लिने तथा विभिन्न परिकारको स्वाद चाख्ने विश्वास भण्डारीले गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८२ - २२:१२
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ करिब ४ घण्टा बन्द भएपछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलमा साँझ साढे ५ बजे ‘एयर फिल्ड लाइटिङ’ प्...
कार्तिक २३ गते, २०८२ - २२:०१
पाल्पा । पश्चिमी पाल्पाको भैरव नमुना माध्यमिक विद्यालयले आफ्नो दीर्घकालीन सहयोगी, केश बहादुर कुमाल दाइलाई चार दशकभन्दा बढी समय विद्यालयका लागि निःस्वा...
कार्तिक २३ गते, २०८२ - २१:४६
काठमाडौं । हिमालय क्षेत्रका देशहरूमा प्रभावकारी सञ्चार र सामाजिक विकासका उपायहरूमा छलफल गर्न तेस्रो परा-हिमालय सञ्चार तथा सामाजिक संगोष्ठी काठमाडौंमा ...
कार्तिक २३ गते, २०८२ - २१:३२
काठमाडौं ।राजधानीको कलंकी मन्दिर परिसर शनिबार बिहानदेखि असामान्य चहलपहलपूर्ण देखिन्थ्यो। मन्दिर प्राङ्गणमा विभिन्न उमेरका नागरिक स्वास्थ्य परीक्षणका ल...
कार्तिक २३ गते, २०८२ - २१:१५
जनकपुरधाम । मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनलको २५ दिनको सरकार ढल्दा, प्रदेशीय राजनीति पुनः अस्थिर अवस्थामा पुगेको छ। तर यो केवल सरकार ढल्नुको ...
कार्तिक २३ गते, २०८२ - २०:५२
मुद्दा सामान्य ठान्न ओलीकाे आग्रह “बहुविवाह त सुवास नेम्वाङले पनि गर्नुभयो नि”
कार्तिक २३ गते, २०८२ - २०:३६
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘रनवे लाइटिङ सिस्टम’मा समस्या आउँदा शुक्रबार बिहानदेखिनै विमान उडान र अवतरण पूर्णरू...
कार्तिक २३ गते, २०८२ - २०:२९
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी...
कार्तिक २३ गते, २०८२ - २०:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन फेरि एकपटक स्थगित गर्दै प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छ...
कार्तिक २३ गते, २०८२ - २०:२३
फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट, आन्तरिक उडानहरू स्थगित




प्रतिकृया लेख्नुहोस्: