Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको शिकार गर्छ, बैज्ञानिक अचम्मित

खबरडबली संवाददाता

काठमाडौं। वैज्ञानिकहरुले समुद्रमा एउटा अचम्मको घटना भएको बताएका छन् ।

मेक्सिकोमा किलर ह्वेलले ह्वेल शार्कको शिकार गरेको पाइएको छ। किलर ह्वेललाई ओर्का पनि भनिन्छ र यी ह्वेलहरूले शार्कलाई पनि मार्न सक्छन् भन्ने एउटा रिपोर्ट हालै सार्बजनिक भएको छ ।  ह्वेल शार्क संसारमा सबैभन्दा ठूलो शार्क प्रजाति हो र जो ६० फिटसम्म लामो हुन्छ ।

यो घटना प्रशान्त महासागरमा मेक्सिकोको तटमा घटेको हो । रिपोर्टका अनुसार ओर्कासको एउटा समूहले चलाखीपूर्वक यहाँ ह्वेल शार्कको शिकार गरी मारेको छ । यसअघि पनि मानिसहरुले यस्ता घटनाहरु देखेको दाबी गरेका थिए तर पहिलो पटक सामुद्रिक वैज्ञानिकहरुले यो घटनालाई आधिकारिक रुपमा विश्वसामु प्रस्तुत गरेका छन् ।

फ्रन्टियर्स इन मरिन साइन्स जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ओर्कासका बथानहरू क्यालिफोर्नियाको खाडीमा खाना खाने ठाउँहरूमा भेला हुन्छन्, यहाँ खानाको रूपमा ह्वेल शार्क पाउँछन, जुन पूर्ण रूपमा उमेर पुगिसकेको भने छैन्।

तिनीहरू आकारमा ३ देखि ७ मिटरसम्म रहेका छन, ले किलर ह्वेलहरूले सजिलै तिनीहरूलाई शिकार गर्न सक्छन्। एउटा कारक भनेको ह्वेल शार्कका साना दाँत हुन्छन् र तिनीहरूले आफूलाई बचाउन सक्दैनन्। तिनीहरूसँग गहिरोमा डुब्न बाहेक उम्कने अर्को उपाय छैन। तर, उम्कन नपाउँदै उनीहरू शिकारीको फन्दामा पर्छन् ।

युकेको कुम्ब्रिया विश्वविद्यालयका वन्यजन्तु संरक्षणका प्राध्यापक भोल्कर डिकेका अनुसार यी समुद्री जीवहरूले आफ्नो शिकार सजिलै समात्न सक्ने विशेष रणनीतिहरू विकास गर्न सक्षम रहेका छन् भनी बारम्बार देखिएको छ । वैज्ञानिकहरूले २०१८ देखि २०२४ सम्म मिडिया फुटेजको गहन विश्लेषण गरेर यो पत्ता लगाए कि उनीहरुले यस्तो खतरनाक माछा कसरी शिकार गर्न सक्छन भन्ने ।

वैज्ञानिकहरूले पत्ता लगाए कि ओर्कास वा किलर ह्वेलहरू ह्वेल शार्क मार्न सामूहिक शिकारको उपाय प्रयोग गर्छन्। किलर ह्वेलले पहिले ह्वेल शार्कको तल्लो पेटमा आक्रमण गर्छ। यो चोट निकै तिखो हुन्छ र ह्वेल शार्कको रगत बग्न थाल्छ। यहाँ ओर्का व्हेलले शार्कलाई यसरी घुमाउँछ कि यसले तलको गहिराइमा डुब्न पनि दिदैन । किलर ह्वेलले त्यसपछि आफ्नो शरीरका अंगहरू च्यात्छ र भित्री अंगहरू खान सुरू गर्दछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending