Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

जलवायु शासन प्रवर्द्धन गर्न युवा सहभागितामा जोड

खबरडबली संवाददाता

काठमाडाैं । माडी र तिलोत्तमा नगरपालिकाका युवाहरूले विपद्, जोखिम, सरसफाइ, वातावरण संरक्षण, जलवायुको असरबाट मानवलाई जोगाउन, युवामैत्री, वातावरणमैत्री शासन प्रवर्द्धन गर्ने निकायमा युवाहरूको नीतिगत, संस्थागत सहभागिताको शुनिश्चित गर्न अपिल गरेका छन् ।

तिलोत्तमा नगरपालिका, रुपन्देहीमा ५,६ र ७ तथा माडीमा ८,९ र १० मंसिर २०८१ मा सम्पन्न जलवायु शासनमा युवा सहभागिता प्रवद्र्धन कार्यक्रमका सहभागीहरूले उक्तकुरा बताएका हुन् । यु.एन.डि.पि.सँगको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपाल र नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । 

५० प्रतिशत युवा (१८ देखि ३० वर्ष उमेर समूहका) महिला सहभागिता, आदिवासी, जनजाति, दलित, अपाङ्गता सहितको सहभागितामा २/२ दिन दुईवटा पालिकालाई छुट्टाछुट्टै तिलोत्तमा नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७; माडी नगरपालिकाको सरसफाइ कार्यविधि, २०७६; माडी नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ माथि युवाका दृष्टिकोणबाट हेरिएको थियो । यस कानूनी दस्तावेजमा समावेशी, लैङ्गिक, अपाङ्गता र युवाको सहभागिता, परिचालनको अवस्थाको बारेमा समूहगत छलफलका साथै वातावरण संरक्षण र जलवायु शासन, युवामैत्रीको विषयमा गरिने पैरवीको सन्दर्भमा इन्जिनीयर युवराज पन्थी, उपप्राध्यापक डा.दिपेश घिमिरे, अधिकारकर्मी तिलोत्तम पौडेल, विनिता कार्की, रिता थापा, शिवप्रसाद सुवेदी लगायतले सहजीकरण गर्नुभएको थियो ।

छलफलबाट प्राप्त सुझावहरू विशेषतः युवाहरूले नीति निर्माण तथा विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयनमा युवा, अपाङ्गता भएका व्यक्तिहरू सहित महिला सहभागिता सुनिश्चित गरिने गरी स्थानीय कानुन, कार्यविधिहरू संसोधनको लागि तिलोत्तमा नगरपालिकामा नगर प्रमुख रामकृष्ण खाड, उपप्रमुख जागेश्वर देवी चौधरी, सामाजिक विकास समितिका संयोजक रवी सेन्चुरी र त्यसै गरी माडी नगरपालिकामा नगरप्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख खेम प्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, सामाजिक विकास समिति संयोजक दिपेन्द्र राज पौडेललाई युवाहरूले हस्तान्तरण गरेका थिए ।

२/२ दिने कार्यक्रमको सन्दर्भमा जलवायु शासन प्रवद्र्धन गर्न युवा सहभागिता र समावेशीकरणको लागि स्थानीय तहसँग सहकार्य गर्न माडीमा १३ सदस्यीय र तिलोत्तमा नगरपालिकामा ९ सदस्यीय युवा सल्लाहकार समिति गठन गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालकी रिता थापाले बताउनु भएको छ ।

नीतिगत रूपमा छलफलको निष्कर्षलाई ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख खाँडले र माडी नगरपालिकाका प्रमुख महतो सहितका अतिथिहरूले नेपालको कानुन, स्थानीय तह अधिकार क्षेत्र, उपलब्ध स्रोत साधन अनुरुप युवाहरू उठाएको कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले जलवायु शासनमा युवा संलग्नता वृद्धि गर्न, युवामा लगानी गर्न, युवामैत्री, अपाङ्गतामैत्री, बालमैत्री, वातावरणमैत्री जस्ता शासन अभियानको प्रवर्द्धन गर्न स्थानीय तहले लगानी बढाउनु पर्ने भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending