Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

बाढीपहिरोको दुई महिना: सुरक्षित वासस्थानको माग गर्दै पीडित

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक। बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित वासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित वास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग वासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् ।

बेथानचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सोमबार सुरक्षित वासस्थानसहितको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । पाँचबुँदे ज्ञापनपत्रमार्फत बाढीपहिरोमा परी दुई जनाको मृत्यु भएको जनाउँदै मृतकका परिवारलाई उपयुक्त घरवासको प्रबन्ध गर्न माग गरेका हुन् ।

भूगर्भविद्को प्राविधिक अध्ययन गराएर स्थायी रूपमा पहिरो नियन्त्रणको व्यवस्था गर्नुपर्ने र बालीनाली लगाउन नहुने गरी पहिरोले पुरिएको बारीलाई पूर्वअवस्थामा ल्याउन गाउँपालिकाबाट सहयोगको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई बुझाएका छन् । साथै पीडितले जाडोयाममा बसोबास तथा स्थायी पुनर्वासमा समेत पहल गरिदिन आग्रह गरेका हुन् ।

दुई महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठुलो जनधनको क्षति भएको थियो । बाढीपहिरोमा परी छ दर्जनभन्दा बढीले ज्यान गुमाए भने सयौँ परिवार घरबारविहीन अवस्थामा पुगे । ज्यान गुमाउनेको परिवारले सरकारद्वारा प्रदान गरिएको राहत रकम पाए भने जिल्लाका हजारौँ पीडित परिवार दुई महिनादेखि राहतको पर्खाइमा बसिरहेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो भने छ जना अझै बेपत्ताको अवस्थामा छन् ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले जिल्लाको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्‍याएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले क्षतिको यकिन विवरण तयार गरेको छैन । सोही कारणले सरकारले दिन लागेको अल्पकालीन राहत रकम प्रदान गर्न सकिएको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिले गत कात्तिक अन्तिमसाता बाढीपहिरोले जनधनको क्षति पुर्‍यााएकोबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो ।

समितिले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिँदै क्षतिको पूर्ण विवरण उपलब्ध गराउन भनेको थियो । विवरण उपलब्ध नगराउँदा तत्कालीन राहत तथा पुनर्वासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको समितिले जनाएको छ ।

प्राधिकरणको वेभसाइटमा ‘क्षतिको पूर्ण विवरण इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । उनका अनुसार स्थानीय तहले उक्त विवरण पठाइसकेपछि मात्रै तल्कालीन राहत तथा पुनर्वासको कार्यक्रम सुरु हुनेछ ।

जाडोयाम सुरु भइसकेकाले बाढीपहिरो पीडितलाई थप कष्ट हुने भन्दै तत्काल क्षतिको विवरण पठाउन भनिएको पौडेलले बताए। समितिको पटकपटकको बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी ९सातौँ संशोधन० मापदण्ड, २०७७ बमोजिम विपदबाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्नबाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा रु। १५ हजार र सोभन्दा बढी सदस्य भएको हकमा रु. २० हजारका दरले नगद जिल्ला विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिसकिएको छ ।

समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु. ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। “स्थानीय तहलाई क्षतिको पूर्ण विवरण उपलब्ध गराउन पटक–पटक अनुरोधसहित पत्राचार गरेका छौँ”, उनले भने।

उहाँका अनुसार सरकारले प्रारम्भिक क्षतिका आधारमा वर्गीकरण गरी पठाएको स्थानीय तहस्तरको अनुदान भने कार्यालयले गत कात्तिक १४ गते सम्बन्धित निकायमा पठाइसकेको छ । प्राधिकरणको पत्रसहित सङ्घीय सरकारबाट सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये ११ तहमा रु। नौ करोड २५ लाख अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ । यस्तै, केन्द्रीय सरकारका तर्फबाट ज्यान गुमाएका परिवारलाई यसअघि प्राप्त रु। दुई लाखका दरले रकम उपलब्ध गराइसकिएको कार्यालयले जनाएको छ ।

यसैबिच नमोबुद्ध नगरपालिकाको आठ सय ४५ बाढीपहिरो पीडितलाई संयक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)द्वारा प्राप्त सहयोग रकमबाट राहत वितरण गरिएको छ । युनिसेफले नगरलाई एकमुष्ठ रूपमा उपलब्ध गराएको रु। एक करोड ५० लाख ४० हजार पाँच सयबाट नगरले वडागत आधारमा पीडित परिवारलाई प्रदान गरेको जनाएको छ ।

नगरप्रमुख कुन्साङ लामाले युनिसेफबाट प्राप्त आर्थिक सहयोगबाट सबै वडाका विपद् प्रभावितलाई राहत रकम प्रदान गरिएको बताउनुभयो । नगरका चार सय ५३ प्रतिपरिवारले रु। १५ हजार तथा तीन सय ९२ परिवारले रु। २० हजारका दरले राहत पाउन पाएका नगरप्रमुख लामाले जानकारी दिए ।

युनिसेफबाट यस राहत रकम प्राप्त गर्ने परिवारले सङ्घीय सरकारबाट घोषित अल्पकालीन राहत ९पाँच जनासम्मको परिवारलाई रु। १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई रु। २० हजार० भने पाउने छैनन् । बाढीपहिरोले नगरका पाँच सय ३० घर पूर्ण र तीन सय १५ घर आंशिक रूपमा क्षति भएका थिए । नगर कार्यालयका अनुसार बाढीपहिरोबाट तीन हजार तीन सय ८५ जना प्रभावित भएका छन् ।

यस्तै, बाढीपहिरोले नगरको एक विद्यालय पूर्ण र ४७ विद्यालयमा आंशिक क्षति पुगेको छ भने एक सय १९ खानेपानी आयोजनामा क्षति पुगेको छ । युनिसेफले यसअघि जिल्लाको बेथानचोक गाउँपालिकाको दुई वडाका दुई ६९ र मण्डनदेउपुर नगरपालिकाका नौ सय परिवारलाई राहत प्रदान गरिसकेको छ ।

बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्वास एवम् आवास निर्माण गर्न यकीन तथ्याङ्क सङ्कलनमा लागेको जनाएका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अतिप्रभावित क्षेत्रमा पर्दछन् । बाढीपहिरोले कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत् क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको थियो ।

घटनाको दुई महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुन सकेको छैन् । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । तेह्र स्थानीय तहमध्ये कुनमा कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनै पनि सरकारी निकायसँग छैन ।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार जिल्लामा दुई हजार आठ सय ४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको थियो । त्यस्तै, तीन हजारदेखि तीन हजार पाँच सय घर पुनर्निर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पत्ति छानबिन आयोगका छानबिनसम्बन्धी सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले अघि बढाइरहेको छानबिन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ। अदालतले आयोगलाई सम्पत्ति विवरण माग...

बागमतीमा दुई विधेयक प्रमाणीकरण

मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेको छन्। प्रदेश सभाबाट पारित आर्...

महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं। महिला उद्यमी महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने भएको छ। छलफलमा महिला उद्यमशीलता प्रवर...

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३...

प्रहरी दमनविरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रह...

कञ्चनपुरमा श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न ...

इँटा उद्योगले छाडेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

कलैया। बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो खनेर छाडेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बुधबार साँझ करिब ५ बजे करैयामाई गाउ...

लागुऔषध बेचबिखनको अखडा बन्यो डाबरी

सर्लाही। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–३, डाबरी क्षेत्र पछिल्लो समय लागुऔषध बिक्रीवितरणको प्रमुख थलो बन्न थालेको छ । प्रहरीले पछिल्लो स...

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समे...

जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतबाट पनि रिहा

काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending