Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

गुल्मीमा बढ्यो धानको उत्पादन

खबरडबली संवाददाता

गुल्मी । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन  धान फलेको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ । गत वर्ष सात हजार चार सय ३९ हेक्टरमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा त्यो सीमित रह्यो । 

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ । यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ । 

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन् । मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबागलगायत फाँटमा पनि अधिक  धान उत्पादन हुने गरेको छ । 

यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको संशोधित विधानमा सभापतिलाई थप अधिकार, संसदीय दलका नेतामाथि नीतिगत नियन्त्रणको व्यवस्था

सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेता पद रिक्त हुने प्रावधान, प्रधानमन्त्री पदमा पनि पर्न सक्छ प्रभाव

टेरामक्स भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता बस्नेतले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाध...

संविधान र व्यवस्थाको रक्षामा कांग्रेस–एमाले–नेकपाबीच सहकार्य, घेराबन्दीमा पर्दै बालेन

आन्तरिक किचलोबीच साझा मुद्दामा संसददेखि सडकसम्म सहकार्य गर्ने संकेत

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending