जनकपुरधाम । कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा दाइँ गर्ने परम्परा गाउँघरबाट लोप हुँदै जान थालेको छ ।
धनुषाका अधिकांश किसान केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा धान र परालको दाइँ गर्दै आएका थिए । पछिल्लो समय आधुनिक थ्रेसर मेसिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।
खेती किसानी पनि गर्दै आएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्याक्टरको सहायताले दाइँ गर्न थालिएको बताए ।
‘एक दशकअघिसम्म खेतका फाँटमा खलो बनाइ धान, मसुरो, तोरी, गहुँ लगायतका अन्न झार्ने गरिएको थियो । बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाएर बोट कुल्चाइ दाइँ गर्ने परम्परा थियो,’ उनले भने, ‘तर पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।’
गाउँघरमा अर्मपर्म गरेर खेती गर्ने चलन हट्न थालेपछि ट्याक्टरले खेत जोत्न र थ्रेसरले धान चुट्न थालिएको क्षीरेश्वरनाथ नगरपालिका–४ वडाध्यक्षसमेत रहेका किसान जगदीश यादवले बताए । उनका अनुसार कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हराउँदै जान थालेको छ ।
थ्रेसर मेसिन, ट्रयाक्टरको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए पनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको आभास भएको क्षीरेश्वरनाथ– ५ महेन्द्रनगरका अवकास प्राप्त विज्ञान शिक्षक रामशंकर यादवको धारणा छ ।
‘मेसिनको सहायताले दाइँ गर्दा त्यसले उडाएको भुसले वातावरणमा नकारात्मक प्रभाव पर्नुको साथै जनस्वास्थ्यमा समेत असर परेको पाइएको छ,’ उनी भन्छन्, ‘श्वासप्रश्वासको समस्या भएका बालबालिका र वृद्ध–वृद्धालाई बढी असर गर्ने गरेको छ । आँखामा धुलो परेर समस्या सिर्जना हुने गरेको पनि छ । तर खेतमै खलो बनाएर दाइँ गर्दा त्यस्तो समस्या हुँदैन थियो ।’
युवाशक्ति विदेश पलायन हुनु, गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएकाको ज्याला खर्च महँगो भएकाले पनि जिल्लाका किसानले कृषि यन्त्रको प्रयोग बढाएका हुन् । जसबाट अन्न झार्ने तथा पराल, भुसा वा नल एकै पटकमा माडिने हुँदा समय, श्रम र पैसाको बचत हुने गरेको किसान स्वयं बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १९:४७
सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेता पद रिक्त हुने प्रावधान, प्रधानमन्त्री पदमा पनि पर्न सक्छ प्रभाव
आषाढ़ २२ गते, २०८३ - १९:४२
काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाध...
आषाढ़ २२ गते, २०८३ - १९:३८
आन्तरिक किचलोबीच साझा मुद्दामा संसददेखि सडकसम्म सहकार्य गर्ने संकेत
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...



प्रतिकृया लेख्नुहोस्: