काठमाडौं । काठमाडौं वेस्ट मेनेजमेन्टले काठमाडौंको दरबारमार्गमा नेकपा एमालेले जागरणसभा गर्दा भएको फोहोर आफूले संकलन गरेको दाबी गरेको छ ।
एमालेले सभा गर्दा दरबारमार्गमा भएको फोहोर आफ्ना स्वयंसेवकले संकलन गरेको दाबी गरिरहेका बेला वेस्ट मेनेजमेन्टले त्यसको खण्डन गर्दै फोहोर व्यवस्थापन आफूले गरेको बताएको हो ।
वेस्ट मेनेजमेन्टले दरबारमार्ग क्षेत्रमा कात्तिक ७ गते सभा गर्दा भएको फोहोर ८ गते बिहान संकलन गरेको दाबी गरेको छ । पानीका बोतल, एमालेका झण्डा, बदामका बोक्रा, चटपटे पोको पार्न प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, पूर्वराजा महेन्द्रको सालिकमा ८८४८ ब्राण्डका रक्सीका बोतल र बियरका क्यान आफूले संकलन गरेको वेस्ट मेनेजमेन्टले बताएको छ ।
दरबारमार्ग क्षेत्रबाट ६.७५ टन क्षमताका दुई ट्रक फोहोर संकलन गरिएको कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक मित्र घिमिरेले बताएका छन् । तर, एमालेले भने आफूले फोहोर संकलन गरेको दाबी गर्दै महानगरको जरिबाना पत्र बुझ्न अस्वीकार गरिरहेको छ । महानगरले एमाले केन्द्रीय कार्यालयलमा गएर पत्र बुझाउन खोज्दा केन्द्रीय कार्यालयले आफूहरू कार्याक्रमको आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको छ ।
एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले जरिबाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । तर, एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भिष्म अधिकारीले महानगरले हुलाक र इमेलमार्फत पठाएको पत्र प्राप्त नभएको बताएका छन् ।
सरकारका प्रवक्ता तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङ एमालेलाई जरिबाना तिराउने अधिकार नभएको बताउँदै आएका छन् ।
मंसिर ७ गते दरबारमार्गको सभा गर्दा एमालेले फोहोर गरे पनि संकलन नगरेको भन्दै काठमाडौं महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको थियो ।
त्यही दिन राति १० बजेर ५९ मिनेटमा एमाले महासचिव शंकर पोखरेलले एमाले कार्यकर्ताले कार्यक्रमस्थलको फोहोर संकलन गरेको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
महानगरले फोहोरमैला व्यवस्थापन ऐन र महानगरको आर्थिक ऐन अनुसार जरिबाना तिराएको हो । काठमाडौं महानगरले महानगर क्षेत्रमा सभा गरेर फोहोर गरेको भन्दै जरिबाना तिराएको यो पहिलोपटक होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा गरेको आमसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै महानगरले ५ हजार २२२ रुपैयाँ जरिबाना तिराएको थियो ।
काठमाडौं महानगरका मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार राप्रपाले जरिबाना तिरिसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: