काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएको छन् । बुधबार २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकाले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिबिम्वित गर्ने बताएको हो ।
प्रधानमन्त्री ओलीले भने, ‘‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतीलाई मुल रुपमा प्रतिबिम्वित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । र दुनियाँमा यस्तो पृथक प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेशता छन् ।’’
उनले नेपालमा समुदायपिच्छे नै पृथक प्रकारको संस्कृति रहेको उल्लेख गरे। उनले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनैपनि देशमा नरहेको उल्लेख गरे। उनले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताए। नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणका लागि सबै एकजुट भएर लाग्न उनले आग्रह समेत गरे।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो ।’’ ज्यापु दिवस ९योमरि पुन्ही० मङ्सिर ३० गते मनाइँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १३:५८
काठमाडौं । सरकारले संघीय सांसदहरूलाई पुन: स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि कायम रहेको व्यवस्थाअ...
आषाढ़ ३२ गते, २०८३ - १३:५३
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँच जना सचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेको छ भने सचिवको दरबन्दी रहेका पाँच महत्वपूर्ण नि...
आषाढ़ ३२ गते, २०८३ - १२:५९
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले अघि बढाइरहेको छानबिन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ। अदालतले आयोगलाई सम्पत्ति विवरण माग...
आषाढ़ ३२ गते, २०८३ - १२:५०
मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेको छन्। प्रदेश सभाबाट पारित आर्...
आषाढ़ ३२ गते, २०८३ - १२:२६
काठमाडौं। महिला उद्यमी महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने भएको छ। छलफलमा महिला उद्यमशीलता प्रवर...
आषाढ़ ३२ गते, २०८३ - १२:०१
चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३...
आषाढ़ ३२ गते, २०८३ - ११:२१
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रह...
आषाढ़ ३२ गते, २०८३ - १०:४७
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न ...
आषाढ़ ३२ गते, २०८३ - १०:३३
कलैया। बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो खनेर छाडेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बुधबार साँझ करिब ५ बजे करैयामाई गाउ...
आषाढ़ ३२ गते, २०८३ - १०:०२
सर्लाही। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–३, डाबरी क्षेत्र पछिल्लो समय लागुऔषध बिक्रीवितरणको प्रमुख थलो बन्न थालेको छ । प्रहरीले पछिल्लो स...



प्रतिकृया लेख्नुहोस्: