काठमाडौं, आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन पूर्वघोषित तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गर्न संघर्षका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ ।
काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै संघर्षका कार्यक्रमलाई अगाडी बढाउँने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
आजपाले सरकारको मनोमानी कर आतंक बिरुद्ध संघर्षका कार्यक्रम अगाडी बढाउन काठमाडौं उपत्यका विशेष कमिटीलाई जिम्मेवारी तोकेको छ । काठमाडौं उपत्यका विशेष कमिटीले विगतमा काठमाडौंमा सरकारको मनोमानी कर आतंक बिरुद्ध विरोध प्रदर्शन गरेको थियो । उसकै नेतृत्वमा आन्दोलन कार्यक्रम अगाडी बढाउँने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।
यसैगरी विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्नुपर्ने आन्दोलनको अगुवाई आम विद्यार्थी मोर्चाले गर्नेछ । आम विद्यार्थी मोर्चाले बिगतमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै आन्दोलन गर्दै आएको छ । बैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनका कार्यक्रम आईटी आर्मीको नेतृत्वमा हुनेछ । बैठकले आईटी आर्मीलाई वैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जिम्मेवारी तोकेको हो ।
यस्तै बैंक, लघुवित्त र सहकारी ठग विरुद्धको आन्दोलन आजपाको कोसी प्रदेश र गण्डकी प्रदेश कमिटीले अगाडी बढाउँने छ । बैंक, लघुवित र सहकारी ठग बिरुद्धको आन्दोलन आजपाले गर्दै आएकोमा यसलाई कडा बनाउने निर्णय गरेको छ । यसैगरी भ्रष्टाचार बिरुद्धको आन्दोलन सातै प्रदेशमा कडा रुपमा अगाडी बढाउँने निर्णय बैठकले गरेको प्रवक्ता साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आन्दोलनका कार्यक्रमलाई कडा रुपमा अगाडी बढाउँन निर्देशन दिएका छन् । विगतका आन्दोलनको समिक्षा गर्दै आन्दोलनलाई थप कडा बनाउने निष्कर्ष बैठकको छ ।
‘देशमा बढ्दो भ्रष्टाचार, बेथिति र विभेद विरुद्धको पाँच दिवसीय मधेश जागरण यात्रामा पहिलो दिन राज्य पक्षको अवरोधका बावजुद पनि आम जनताको अभुतपूर्व साथ, सहयोग र सहभागिताले गर्दा सानदार ढंगले सफल रहेको निष्कर्ष सहित यस अभियानलाई सफल पार्न योग्दान एवं भूमिका निर्वाह गर्नुहुने सबैप्रति हार्दिक अभार सहित विशेष धन्यवाद व्यक्त गरिएको छ’ आजपाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी बैठकले पार्टीको सदस्यता वितरण तथा संगठन विस्तारलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी सदस्यता वितरण सम्बन्धी कार्यविधि – २०८१ बैठकले सर्वसहमतिले पारित गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय कमिटीलाई पुनर्गठन समेत गरेको छ । प्रभु साह अध्यक्ष रहेको केन्द्रीय कमिटी दुई सय ८९ सदसिय बनाइएको छ । आमन्त्रित, स्थायी कमिटी, पदाधिकारी सहित केन्द्रीय कमिटी बिस्तार गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: