Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने

खबरडबली संवाददाता

बनेपा  । काभ्रेपलाञ्चोकका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंकले पुनःर्निर्माणमा सहयोग गर्ने भएको छ । एडिबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूको टोलीसँग सोमबार भएको छलफलपछि आयोजना पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्ध जनाइएको हो ।

निर्माणाधीन आयोजनाको अन्तिम चरणमा बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । आयोजना पुनर्निर्माणका लागि एडिबीले सहयोगको प्रतिबद्धता जनाएको नगर प्रमुख ब्याञ्जूले जानकारी दिए । उनका अनुसार एडिबीले यस खानेपानी आयोजना पुनर्निर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिदिने र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको हो । बाढी पहिरोबाट आयोजनाको इन्टेकलगायत अन्य ट्याङ्की तथा वितरण मेनलाई एवं शाखाका पाइप लाइनमा क्षति पुर्‍याउँदा २१ करोड ८० लाख बराबरको खानेपानीको संरचना नष्ट भएको ब्याञ्जूले बताए ।

धुलिखेल, बनेपा र पनौती नगरपालिकामा खानेपानी समस्या समाधानार्थ सन् २०१२ मा उक्त आयोजना सुरु गरिएको थियो । सम्पन्नको अन्तिम चरणमा रहेको आयोजना गत आसोज ११ देखि १२ गतेको वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको हो । उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार जना लाभान्वित हुने समेत प्रक्षेपण गरिएको छ । आयोजनाबाट तीन नगरका स्थानीयका घरघरमा चौबीसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएको छ ।

आयोजनाको लागत मूल्य भ्याटबाहेक ९९ करोड आठ लाख सात हजार रहेको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो । यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणका लागि जर्मन सरकारले सहयोग गर्ने भएको छ । नगरले यही कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि प्रस्ताव गरेपछि जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत नेपालस्थित दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्ने सहमति भएको हो ।

जर्मन सरकारबाट प्रस्तावको कार्यान्वयन भएको नगर प्रमुख अशोक ब्याञ्जूले बताए । उनका अनुसार राजदूत प्रिन्जले आयोजनाका द्विपक्षीय सम्झौता गरी रकम निकासा गर्नेछन् । करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनर्निर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको ब्याञ्जूले बताए । जर्मनबाट सहयोग प्राप्त उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिने जनाइएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ वडाका उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा छन् 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending