काठमाडौं । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो ।
गत वर्ष ‘धान जोन’ मा चार हजार २१६ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष तीन हजार ६८८ मेट्रिकटन मात्रै धान उत्पादन भएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी लक्ष्मी शाहले जानकारी दिए ।
उनका अनुसार जिल्लामा ८०० हेक्टर क्षेत्रफलमा ‘धान जोन’ सञ्चालनमा रहेको छ । क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ५२८ मेट्रिकटनले कमी आएको उनले जानकारी दिए । उत्पादन घटेसँगै उत्पादकत्व घटेको छ ।
गत वर्ष ‘धान जोन’ मा बर्खे धानको उत्पादकत्व ५.२७ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष उत्पादकत्व घटेर चार दशमलव ६१ मेट्रिकटन प्रतिहेक्टर भएको सूचना अधिकारी शाहले जानकारी दिए । धान संकलन गर्ने समयमा भएको वर्षाले धानमा पुर्याएको क्षतिका कारण उत्पादनमा कमी आएको उनले बताए । कैलालीमा ‘धान जोन’ आर्थिक वर्ष २०७८/७९ बाट सुरु भएको थियो ।
‘धान जोन’ जिल्लाका जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न ९ वडामा सञ्चालनमा छ । लागत घटाएर कृषि आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा किसानलाई बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ । साथै परियोजनाले प्राविधिक सहयोग गर्ने गरेको जनाइएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७३/७४ बाट ‘गहुँ सुपरजोन’ र आर्थिक वर्ष २०७४/७५ बाट ‘तेलहन जोन’ सञ्चालनमा छ । ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा गाउँपालिका र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा तथा ‘तेलहन जोन’ जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिका, भजनी र घोडाघोडी नगरपालिकाका विभिन्न २९ वडा सञ्चालनमा रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...



प्रतिकृया लेख्नुहोस्: