Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

जुवा खेलिरहेका ८ जना पक्राउ, एक लाख रूपैयाँभन्दा बढी बरामद

खबरडबली संवाददाता

दाङ । दाङको तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकी, सोही ठाउँका ४० वर्षीय जिबराज डाँगी, तुलसीपुर – १२ का ५६ वर्षीय तिलक केसी, सोही ठाउँका ४३ वर्षीय फिरु चौधरी, तुलसीपुर – १० का ४४ वर्षीय किरणप्रसाद बम, सोही ठाउँका सुदन वली, २९ वर्षीय तिलकराम चौधरी र ४५ वर्षीय कर्ण चौधरी पक्राउ परेका छन् ।

उनीहरुको साथबाट एक लाख ११ हजार ७१० रुपैंया बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरको सञ्चार शाखाले जानकारी दिएको छ।

पढ्ढास्थित पत्तु चौधरीको घरमा कोठा भाडामा लिएर  तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकीले जुवा खेलाउँदै आएको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा गएको बिहीबार राति ११ बजेतिर छापा हानेर जुवा खेली रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको तथा जुवा ऐन अन्तरगत मुद्दा चलाएर आवश्यक कानुनी कारबाहीको लागि प्रक्रिया सुरु भएको प्रहरीले बताएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

ओलीको स्वास्थ्य ‘गडबडी’ नभए सोमबार अप्रेसन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...

एमालेबाट निर्वाचित नगर प्रमुख प्रेमलाल आजपा प्रवेश

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending