Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

एमालेले पार्टीमाथि लागेका सबैखाले भ्रष्टाचारका आरोपमा छानबिन

खबरडबली संवाददाता

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीमाथि लागेका सबैखाले भ्रष्टाचारका आरोपमा छानबिन अघि बढाउन तयार रहेको सन्देश दिएको छ। एमालेले शुक्रबार काठमाडौंमा जागरणसभाको आयोजना गरेर विभिन्न भ्रष्टाचारजन्य आरोपको छानबिनका लागि कुनै समस्या नभएको सन्देश दिएको हो । एमालेमाथि यती, ओम्नी, गिरिबन्धुलगायतका विषयमामा नीतिगत भ्रष्टाचार गरेको आरोप छ।

जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ठगी र अपराधमा संलग्नलाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरे। कुनै पनि भ्रष्टाचार सह्य नहुने बताउँदै उनले सबै खाले भ्रष्टाचारमाथि छानबिन हुने प्रस्ट संकेत गरे । ‘एमाले र अहिलेको सरकारका लागि कुनै पनि भ्रष्टाचार, ठगी, मानव तस्करी सह्य हुनेछैन। जोसुकै होस्, अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘आफैं गल्ती गरेर प्रहरीका हाकिमलाई हप्काउनेजस्ता काम भइरहेको’ बताए। उनले ठगी र अपराधमा संलग्नलाई नछाड्ने चेतावनीसमेत दिए। ‘कुनै पनि अपराध, अराजकता नेपाली समाजलाई स्वीकार्य छैन। जे पनि बोल्ने, अरूको चरित्र हत्या गर्ने, घृणा फैलाउनेजस्ता कुरालाई हामी प्रोत्साहित गर्न सक्दैनौं,’ उनले कसैको नाम नलिई भने।

उनले भने‘हिन्दीमा एउटा भनाइ छ– उल्टा चोर, कोतवालको डाँटे। यस्तै यहाँ त आफूले सहकारीमा ठगेको, उल्टै चोरले नै प्रहरीका हाकिमलाई हप्काएका कति–कति प्रमाण छन्। आफैं सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने रु अरूलाई गाली गर्ने रु’

प्रधानमन्त्री ओलीले केही शक्ति आफू र आफ्नो पार्टीविरुद्ध अनावश्यक रूपमा भ्रम छर्न लागिपरेको बताए। उनले एमाले सचेत पार्टी भएको हुनाले त्यस्ता भ्रमको पछि नलाग्ने बताए। ‘कागले कान लग्यो भन्दै एमाले कागको पछि दगुर्दैन, पहिले आफ्नो कान छाम्छ। कम्बोडियामा कति अर्ब छ भन्देको छ, के भन्देको छ। के साँच्चै बहस गर्न तयार हो रु’ ओलीले भने।

उनले सरकारका तर्फबाट कहीँकसैप्रति दूरभाव नरहेको बताए। दोषीलाई नछाड्ने र निर्दोषलाई नछुने नीति सरकारको रहेको उनले सुनाए। सहकारी ठगीसम्बन्धी मुद्दामा ३८ दिनयता प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेप्रति लक्षित गर्दै ओलीले भने, ‘आफू बदमासी गर्ने अनि अरूको टाउकामा खन्याउने, मुख छाड्ने रु’

ओलीले अहिलेको समीकरण २०८४ सालसम्मै रहने दाबी गरे। ‘२०८४ मंसिरसम्मै अहिलेको समीकरण रहन्छ, कान खोलेर सुने हुन्छ। मेरो अवधि २०८३ असारसम्म हो। म त्यस बेलासम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि शेरबहादुरजीलाई जिम्मा लगाउँछु,’ ओलीले भने।

नेपाली जनताले ठुलो बलिदानबाट अहिलेको व्यवस्था आएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने विश्वास ओलीले व्यक्त गरे। नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न अघि बढ्ने ओलीले प्रस्ट पारे। ‘नेपाली जनता भ्रममा पर्दैन,’ उनले भने। एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उनले बताए।

यो सरकारले दसैं पनि काट्दैन भनी गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उनले अहिलेको समीकरणले पुरै समय काम गर्ने ओलीले स्पष्ट पारे। ‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ,’ उनले भने।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै उनले सार्वभौम जनताको भविष्यलाई संकटमा पार्ने प्रयास गरिएको बताए। देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताए। अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी ओलीले गरे। अहिलेको सरकार आफ्ना मानिसलाई शक्तिमा पुर्‍याउन र अकुत सम्पत्ति कमाउन नबनेको पनि बताए। ‘आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौंका मालिक बनाएका छन्। उनीहरू आफ्नै विरुद्ध आरोप लगाउँदै हिँडेका छन्,’ ओलीले भने।

बैंकको ऋण तिर्नुनपर्ने भन्दै केही शक्ति कराउँदै हिँडेको उल्लेख गर्दै उनले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउन ती शक्ति लागेका बताए। उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गरे। बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेको ओलीले दाबी गरे। समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने काम भएको उनले बताए। नीति अगाडि सार्न नसक्नेले गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने काम गरिरहेका ओलीको भनाइ थियो। ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन,’ उनले भने।

जागरणसभामा सत्तारूढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरेका छन्। जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन्। ‘देश बनाउने काममा हामी लागेका छौं। एमालेले देश बनाउँछ, काम गर्न दिनुहोस्। देश बनाउने गरी काम एमालेले मात्रै गर्न सक्छ,’ उनले भने।

महासचिव पोखरेलले पार्टी र अध्यक्ष ओलीलाई बदनाम गर्न कुप्रचार भइरहेको भन्दै त्यसको खण्डन गरेका छन्। माओवादी केन्द्र शान्ति प्रक्रियामा आउँदा उसका अराजक गतिविधिविरुद्ध उभिँदा बदनाम गर्न खोजिएको टिप्पणी गर्दै ओम्नी, यती होल्डिङ्स, गिरिबन्धु टी–इस्टेट र कम्बोडियाको टेलिकममा लगानी त्यस्तै कुप्रचारको निरन्तरता रहेको दाबी गरे।

कोभिड महामारीका बेला चीनबाट औषधि र उपकरण ल्याउने जिम्मा पाएको ओम्नी कम्पनीले सम्झौताअनुसारका काम नभएपछि ठेक्का रद्द भएको उल्लेख गर्दै पोखरेलले भने, ‘राज्यले एक पैसा खर्च नगरेको, उल्टै धरौटी जफत भएकोमा ठुलो भ्रष्टाचार गर्‍यो भनेर एमालेलाई भन्ने गरिएको छ।’

यती होल्डिङ्सलाई राज्यका संरचना भाडामा दिने विषयमा पनि एमालेलाई जबर्जस्ती जोडिएको उनको भनाइ थियो। ‘राजा वीरेन्द्रका नाममा रहेको सबै सम्पत्ति ट्रस्टमा राखेर भाडामा लगाउने निर्णय पुष्पकमल दाहालजीकै पालामा भएको हो। यसमा एमालेलाई जोड्नुपर्ने कुनै कारणै छैन,’ पोखरेलले भने।

त्यस्तै प्रधानमन्त्री ओलीमाथि नीतिगत भ्रष्टाचारको आरोप लाग्ने झापाको गिरिबन्धु टी–इस्टेटबारे पनि एमाले महासचिवले प्रस्टीकरण दिए। ‘टी–इस्टेटको जग्गा दुईपटक सट्टाभर्ना भइसकेको थियो। अदालतले कानुन बनाउन भनेको थियो। हदबन्दीभन्दा बढी जग्गाबारे पनि व्यवस्था राखेर कानुन बन्यो तर अदालतले त्यो कानुन प्रयोग नगर भन्यो। यसमा केको भ्रष्टाचार भयो रु’ उनले भने, ‘अहिले फेरि कम्बोडियाको टेलिकममा लगानी छ भनेर स्यालहुइयाँ गरिएको छ। अध्यक्षले त्यो प्रमाणित गरे उल्टै पैसा थपिदिन्छु भन्नुभएको छ।’

महासचिव पोखरेलले नेपालमा सबैभन्दा दूरदर्शी नेतृत्व आफूहरूसँग मात्रै भएको जिकिर गरे। ‘देश बनाउन बलियो राजनीतिक दल चाहिन्छ, त्यो एमाले हो। नेपालमा दूरदर्शी नेतृत्व एमालेसँग मात्रै छ। केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल बन्छ,’ उनले भने।

 उनले एमाले जनताको मुटुमा रहेको बताए। ‘एमाले अलोकप्रिय भयो, एमाले जनताबाट टाढा भयो भन्ने हल्ला चलाइएको छ तर एमाले जनताका बीचमा छ, एमाले जनताको मुटुमा छ,’ महासचिव शंकर पोखरेलले भने। उनले लोडसेडिङ हटाउने काम एमालेको सरकारले गरेको दाबी गरे। त्यसको जस माओवादी केन्द्रलाई दिइएको उल्लेख गर्दै उनले भने, ‘नेपालमा काम अर्कैले गर्छ, जस अर्कैले पाउँछ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending