Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एमालेले पार्टीमाथि लागेका सबैखाले भ्रष्टाचारका आरोपमा छानबिन

खबरडबली संवाददाता

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीमाथि लागेका सबैखाले भ्रष्टाचारका आरोपमा छानबिन अघि बढाउन तयार रहेको सन्देश दिएको छ। एमालेले शुक्रबार काठमाडौंमा जागरणसभाको आयोजना गरेर विभिन्न भ्रष्टाचारजन्य आरोपको छानबिनका लागि कुनै समस्या नभएको सन्देश दिएको हो । एमालेमाथि यती, ओम्नी, गिरिबन्धुलगायतका विषयमामा नीतिगत भ्रष्टाचार गरेको आरोप छ।

जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ठगी र अपराधमा संलग्नलाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरे। कुनै पनि भ्रष्टाचार सह्य नहुने बताउँदै उनले सबै खाले भ्रष्टाचारमाथि छानबिन हुने प्रस्ट संकेत गरे । ‘एमाले र अहिलेको सरकारका लागि कुनै पनि भ्रष्टाचार, ठगी, मानव तस्करी सह्य हुनेछैन। जोसुकै होस्, अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘आफैं गल्ती गरेर प्रहरीका हाकिमलाई हप्काउनेजस्ता काम भइरहेको’ बताए। उनले ठगी र अपराधमा संलग्नलाई नछाड्ने चेतावनीसमेत दिए। ‘कुनै पनि अपराध, अराजकता नेपाली समाजलाई स्वीकार्य छैन। जे पनि बोल्ने, अरूको चरित्र हत्या गर्ने, घृणा फैलाउनेजस्ता कुरालाई हामी प्रोत्साहित गर्न सक्दैनौं,’ उनले कसैको नाम नलिई भने।

उनले भने‘हिन्दीमा एउटा भनाइ छ– उल्टा चोर, कोतवालको डाँटे। यस्तै यहाँ त आफूले सहकारीमा ठगेको, उल्टै चोरले नै प्रहरीका हाकिमलाई हप्काएका कति–कति प्रमाण छन्। आफैं सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने रु अरूलाई गाली गर्ने रु’

प्रधानमन्त्री ओलीले केही शक्ति आफू र आफ्नो पार्टीविरुद्ध अनावश्यक रूपमा भ्रम छर्न लागिपरेको बताए। उनले एमाले सचेत पार्टी भएको हुनाले त्यस्ता भ्रमको पछि नलाग्ने बताए। ‘कागले कान लग्यो भन्दै एमाले कागको पछि दगुर्दैन, पहिले आफ्नो कान छाम्छ। कम्बोडियामा कति अर्ब छ भन्देको छ, के भन्देको छ। के साँच्चै बहस गर्न तयार हो रु’ ओलीले भने।

उनले सरकारका तर्फबाट कहीँकसैप्रति दूरभाव नरहेको बताए। दोषीलाई नछाड्ने र निर्दोषलाई नछुने नीति सरकारको रहेको उनले सुनाए। सहकारी ठगीसम्बन्धी मुद्दामा ३८ दिनयता प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेप्रति लक्षित गर्दै ओलीले भने, ‘आफू बदमासी गर्ने अनि अरूको टाउकामा खन्याउने, मुख छाड्ने रु’

ओलीले अहिलेको समीकरण २०८४ सालसम्मै रहने दाबी गरे। ‘२०८४ मंसिरसम्मै अहिलेको समीकरण रहन्छ, कान खोलेर सुने हुन्छ। मेरो अवधि २०८३ असारसम्म हो। म त्यस बेलासम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि शेरबहादुरजीलाई जिम्मा लगाउँछु,’ ओलीले भने।

नेपाली जनताले ठुलो बलिदानबाट अहिलेको व्यवस्था आएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने विश्वास ओलीले व्यक्त गरे। नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न अघि बढ्ने ओलीले प्रस्ट पारे। ‘नेपाली जनता भ्रममा पर्दैन,’ उनले भने। एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उनले बताए।

यो सरकारले दसैं पनि काट्दैन भनी गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उनले अहिलेको समीकरणले पुरै समय काम गर्ने ओलीले स्पष्ट पारे। ‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ,’ उनले भने।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै उनले सार्वभौम जनताको भविष्यलाई संकटमा पार्ने प्रयास गरिएको बताए। देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताए। अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी ओलीले गरे। अहिलेको सरकार आफ्ना मानिसलाई शक्तिमा पुर्‍याउन र अकुत सम्पत्ति कमाउन नबनेको पनि बताए। ‘आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौंका मालिक बनाएका छन्। उनीहरू आफ्नै विरुद्ध आरोप लगाउँदै हिँडेका छन्,’ ओलीले भने।

बैंकको ऋण तिर्नुनपर्ने भन्दै केही शक्ति कराउँदै हिँडेको उल्लेख गर्दै उनले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउन ती शक्ति लागेका बताए। उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गरे। बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेको ओलीले दाबी गरे। समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने काम भएको उनले बताए। नीति अगाडि सार्न नसक्नेले गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने काम गरिरहेका ओलीको भनाइ थियो। ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन,’ उनले भने।

जागरणसभामा सत्तारूढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरेका छन्। जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन्। ‘देश बनाउने काममा हामी लागेका छौं। एमालेले देश बनाउँछ, काम गर्न दिनुहोस्। देश बनाउने गरी काम एमालेले मात्रै गर्न सक्छ,’ उनले भने।

महासचिव पोखरेलले पार्टी र अध्यक्ष ओलीलाई बदनाम गर्न कुप्रचार भइरहेको भन्दै त्यसको खण्डन गरेका छन्। माओवादी केन्द्र शान्ति प्रक्रियामा आउँदा उसका अराजक गतिविधिविरुद्ध उभिँदा बदनाम गर्न खोजिएको टिप्पणी गर्दै ओम्नी, यती होल्डिङ्स, गिरिबन्धु टी–इस्टेट र कम्बोडियाको टेलिकममा लगानी त्यस्तै कुप्रचारको निरन्तरता रहेको दाबी गरे।

कोभिड महामारीका बेला चीनबाट औषधि र उपकरण ल्याउने जिम्मा पाएको ओम्नी कम्पनीले सम्झौताअनुसारका काम नभएपछि ठेक्का रद्द भएको उल्लेख गर्दै पोखरेलले भने, ‘राज्यले एक पैसा खर्च नगरेको, उल्टै धरौटी जफत भएकोमा ठुलो भ्रष्टाचार गर्‍यो भनेर एमालेलाई भन्ने गरिएको छ।’

यती होल्डिङ्सलाई राज्यका संरचना भाडामा दिने विषयमा पनि एमालेलाई जबर्जस्ती जोडिएको उनको भनाइ थियो। ‘राजा वीरेन्द्रका नाममा रहेको सबै सम्पत्ति ट्रस्टमा राखेर भाडामा लगाउने निर्णय पुष्पकमल दाहालजीकै पालामा भएको हो। यसमा एमालेलाई जोड्नुपर्ने कुनै कारणै छैन,’ पोखरेलले भने।

त्यस्तै प्रधानमन्त्री ओलीमाथि नीतिगत भ्रष्टाचारको आरोप लाग्ने झापाको गिरिबन्धु टी–इस्टेटबारे पनि एमाले महासचिवले प्रस्टीकरण दिए। ‘टी–इस्टेटको जग्गा दुईपटक सट्टाभर्ना भइसकेको थियो। अदालतले कानुन बनाउन भनेको थियो। हदबन्दीभन्दा बढी जग्गाबारे पनि व्यवस्था राखेर कानुन बन्यो तर अदालतले त्यो कानुन प्रयोग नगर भन्यो। यसमा केको भ्रष्टाचार भयो रु’ उनले भने, ‘अहिले फेरि कम्बोडियाको टेलिकममा लगानी छ भनेर स्यालहुइयाँ गरिएको छ। अध्यक्षले त्यो प्रमाणित गरे उल्टै पैसा थपिदिन्छु भन्नुभएको छ।’

महासचिव पोखरेलले नेपालमा सबैभन्दा दूरदर्शी नेतृत्व आफूहरूसँग मात्रै भएको जिकिर गरे। ‘देश बनाउन बलियो राजनीतिक दल चाहिन्छ, त्यो एमाले हो। नेपालमा दूरदर्शी नेतृत्व एमालेसँग मात्रै छ। केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल बन्छ,’ उनले भने।

 उनले एमाले जनताको मुटुमा रहेको बताए। ‘एमाले अलोकप्रिय भयो, एमाले जनताबाट टाढा भयो भन्ने हल्ला चलाइएको छ तर एमाले जनताका बीचमा छ, एमाले जनताको मुटुमा छ,’ महासचिव शंकर पोखरेलले भने। उनले लोडसेडिङ हटाउने काम एमालेको सरकारले गरेको दाबी गरे। त्यसको जस माओवादी केन्द्रलाई दिइएको उल्लेख गर्दै उनले भने, ‘नेपालमा काम अर्कैले गर्छ, जस अर्कैले पाउँछ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending