काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ।
न्युरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।
त्यस्तै महाबौध्द फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।
कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ।
ती क्षेत्रहरूमा बांगो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ। तोकिएको काम निर्धारित समयअघि सम्पन्न भए अगाडि नै विद्युत सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...



प्रतिकृया लेख्नुहोस्: