Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कालो सुनको उपमा पाएको अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

प्रतिमन कति ?

खबरडबली संवाददाता

फुङ्लिङ। कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च बिन्दुमा पुगेको छ। बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो। 

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ। अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ। 

ठुलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैँची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ। सामान्य गुणस्तर भएको अलैँची प्रतिमन  एक लाख एक हजारमा कारोबार भइरहेको छ। 

ताप्लेजुङमा साउनदेखि अलैँची टिपाइ सुरु हुन्छ। लेकाली क्षेत्रहरूमा अहिले पनि टिपाइ भइरहेको छ। मङ्सिर अन्तिम सातासम्म टिपाइ हुने गर्दछ। साउनदेखि यस वर्ष अलैँची बजारमा आउन थालेको अलैँची व्यवसायीको भनाइ छ। सुरुवाती समयमै प्रतिमन ६० हजारभन्दा माथि मूल्य पाइयो। 

कृषि विज्ञका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछि मूल्य घट्ने सम्भावना हुन्छ। यस वर्षको अवस्थामा भने उल्टो देखिएको छ। मूल्य निरन्तर वृद्धि हुँदै गएको छ। अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मीले भदौको पहिलो साताबाट बजारमा निस्किएको अलैँचीको मूल्य लगातार बढिरहेको बताउनुभयो।

ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने जिल्लामा पर्दछ। यहाँको करिब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करिब तीन हजार मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ। यस वर्षको उत्पादन राम्रो भएकाले किसानहरू पनि उच्च आम्दानीको अपेक्षामा छन्।

विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्नुले प्रत्यक्ष असर गरेको, भारत र चीनजस्ता प्रमुख आयातकर्ता देशमा महामारीपछि माग बढेको, नेपालको अलैँची उत्पादनमा प्रतिकूल मौसम र रोगका कारण केही कमी आउँदा आपूर्तिमा कमी भएकाले मूल्य बढाएको हो।

अलैँचीको मूल्यमा निरन्तर वृद्धिले किसानहरूमा उत्साह थपेको छ। फक्ताङलुङ गाउँपालिका–५ का किसान पूर्ण लिम्बू भन्नुहुन्छ, “यो वर्षको मूल्यले विगतका घाटा पुरा गर्न सहयोग गर्नेछ, हामीलाई यस्तो मूल्यमा अलैँची बेच्न पाउनु ठुलो कुरा हो।” यद्यपि मूल्य वृद्धिले उत्साह थपे पनि व्यवसायीहरू सावधानी अपनाउनुपर्ने बताउँछन्। मौसम, बजारको स्थिरता र गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

अलैँची उत्पादनलाई अझ वृद्धि गर्न किसान आधुनिक प्रविधि अपनाउन थालेका छन्। सुकाउने प्रक्रियामा सुधार, राम्रो बीउको छनोट र जैविक मलको प्रयोगले उत्पादन वृद्धि हुने आशा गरिएको छ। कृषि ज्ञान केन्द्रले किसानलाई प्रविधि र जानकारीमा सहयोग गरिरहेको जनाएको छ। 

व्यवसायीका अनुसार अलैँचीको मूल्यमा अहिले देखिएको वृद्धि सधैँ यस्तै रहने ग्यारेन्टी छैन। बजारमा माग र आपूर्तिको सन्तुलनले आगामी महिनामा मूल्यमा उतारचढाव ल्याउन सक्छ। हालको मूल्य वृद्धिले भने किसानलाई ठुलो राहत प्रदान गरेको र भविष्यमा पनि मूल्य स्थिर रहेमा अलैँची उत्पादनमा थप प्रोत्साहन पाइनेछ।

अलैँचीले ताप्लेजुङका किसानलाई आय आर्जनको मुख्य स्रोतका रूपमा राहत दिएको छ। मूल्य वृद्धिले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याएको छ। अबका दिनमा पनि अलैँचीको मूल्य स्थिर रहने र अन्तर्राष्ट्रिय बजारमा नेपालको अलैँचीको माग बढ्ने अपेक्षा गरिएको छ। किसानहरूले गुणस्तर कायम राख्ने र उत्पादनमा ध्यान दिनुपर्ने चुनौती रहेको छ।,

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ मन्त्रीको शपथ आजै हुने

काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको शपथ ग्रहण आजै हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरि...

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद विस्तार गर्दै, यी दुई नयाँ मन्त्री सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादवलाई उद्योग मन...

रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदर...

१ यात्रुको बिदाइमा बढीमा ३ जनामात्रै आउन त्रिभुवन विमानस्थलको आग्रह

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुन: आग्रह गरेको छ। ...

श्रम स्वीकृतिका नाममा भ्रम फैलाउने संस्थामाथि कारबाहीको चेतावनी

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्यको नाममा प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि कारबाही गर्...

कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर

इनरुवा। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको छन् । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले...

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आइएमएफ

न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण ...

स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छन् । ...

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगल...

औषधि मूल्य वृद्धि प्रकरण: महानिर्देशक ढकाल मन्त्रालय तानिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लाई मन्त्रालयमा तानेको छ। औषधिको मूल्य वृद्धि गरेको उजुरी परेपछि उनीमाथ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending