Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

साक्षरता कार्यक्रमले शिक्षकलाई नयाँ दिशा प्रदान, बालबालिकामा पढ्ने रुची विकास

खबरडबली संवाददाता

सल्यान । सामुदायीक विद्यालयमा प्रारम्भीक कक्षाको पढाई सुधार गर्न सल्यानमा साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

यो कार्यक्रम विशेष गरी कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने र बुझ्ने क्षमता विकास गर्न तथा शिक्षा प्रणालीलाई दिगो बनाउन स्थानीय तहहरूसँगको सहकार्यमा सञ्चालित छ । साक्षरता कार्यक्रमको प्रभाव स्वरुप प्रारम्भिक कक्षामा पढ्न र लेख्न सक्ने बालबालिकाको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको शिक्षक, अभिभावक तथा जनप्रतिनिधीहरु बताउँछन् ।

प्रशिक्षित शिक्षकहरूले बालबालिकालाई सक्रिय र सहज तरिकाले अध्ययनमा सहभागी गराउने भएकाले साक्षरता कार्यक्रमले कक्षा १ देखी ३ सम्मका शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । 

यस वर्षदेखी परिक्षणको रुपमा कक्षा ३ का शिक्षकलाई पनि शैक्षणिक तालिम सञ्चालन गरिएको साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार कक्षा २ का शिक्षकलाई पनि हालै तालिम प्रदान गरिएको छ भने विहिबार देखी कक्षा १ का शिक्षकहरुलाई शैक्षणिक तालिम सुरु भएको छ ।

जिल्लाको श्रीनगरमा एक कार्यक्रमका विच छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले तालिमको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले शिक्षकले आफ्नो भूमिका मार्फत समाजको अनुहार परिवर्तन गर्न सक्ने भएकाले बालबालिकाको साक्षरता स्तर सुधार गर्न जिम्मेवारीपूर्वक प्राप्त ज्ञान, सीपलाई उपयोग गर्न आग्रह गरे । 

दलित विकास समाज सल्यानका उपाध्यक्ष झिन बहादुर नेपालीले सबैको साझा प्रयासबाट शिक्षा क्षेत्रको विकास गर्न सकिने धारणा व्यक्त गरे । तालिममा छत्रेश्वरी गाउँपालिकाका ६, त्रिवेणीका ६, दर्माका ३ र बागचौर नगरपालिकाका ९ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।

बालमैत्री र प्रभावकारी शिक्षण पद्धति लागू गर्न शिक्षकहरूलाई प्रशिक्षण सञ्चालन गरिएको जनाउदै साक्षरता कार्यक्रमले विद्यालयहरूमा बालमैत्री पुस्तकालय स्थापना गरी गुणस्तरीय पाठ्यसामग्री उपलब्ध गराउने, बालबालिकालाई पढ्ने संस्कार र रुचि विकास गर्न उत्प्रेरणा प्रदान गर्ने तथा कार्यक्रमलाई दिगो र सुदृढ बनाउन स्थानीय सरकार, सरोकारवाला र समुदायसँग सहकार्य गर्दै आइरहेको जनाएको छ ।

१० प्रतिशत विद्यार्थीले कत्तिपनि शब्द पढ्न नसक्ने अवस्था

यही कार्तिक २६ देखी २९ सम्म कक्षा ३ को शैक्षणिक तालिम परिक्षणको रुपमा सञ्चालन गरिएको जनाउदै साक्षरता कार्यक्रमले यस तालिममा पाठ्यक्रम विकास केन्द्र र रुम टु रिडले कक्षा ३ को लागि सिकाइ सहजिकरण सामग्री तथा सन्दर्भ पठन सामग्री निर्माण गरेकाले त्यसबारे अभिमुखिकरण गरिएको जनाएको छ । ‘एकिकृत पाठ्यक्रममा आधारित भएर तालिम सञ्चालन गरेका हौँ’, कार्यक्रम अधिकृत वलीले भने, ‘कक्षा ३ मा विद्यार्थीले प्रतिमिनेट ४५ शब्द पढ्न सक्नुपर्ने भएपनि प्रारम्भीक पठन सीप तथा गणीतीय मापन २०२० को प्रतिवेदन अनुसार १० प्रतिशत विद्यार्थीले कत्तिपनि शब्द पढ्न नसक्ने अवस्था भएकाले सुधारका लागि शिक्षकलाई तालिम प्रदान गरिएको हो ।’ यो तालिमले कक्षा ३ मा शिक्षक निर्देशिका र अभ्यास पुस्तकलाई सरलबाट जटिलतीर तादम्यता मिलाई शिक्षण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । बागचौरका ९, छत्रेश्वरीका ६, त्रिवेणीका ६ र शारदाका ३ विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।

यस्तै गत आइतबार देखि बुधबारसम्म कक्षा २ का शिक्षकहरुलाइ तालिम प्रदान गरिएको थियो । उत्तरविसंकेतन चरणका क्रियाकलापहरुमा केन्द्रीत रहेर कक्षाकोठामा छापामय र साक्षरतायुक्त वातावरण निर्माण गरेर शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यो तालिम सञ्चालन गरिएको थियो । तालिममा बागचौर नगरपालिकाका ९, छत्रेश्वरी गाउँपालिकाका ६, त्रिवेणीका ६, दर्माका ३ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिम अवलोकन, निरिक्षण गरेका त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, शिक्षा शाखा प्रमुख गणेश आचार्य , शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विष्णु बेलबासे, शारादा नगरपालिका शिक्षा अधिकृत संगिता बुढा, दलित विकास समाजका कार्यवाहक अध्यक्ष हेमराज विक, संरक्षक निम नेपाली लगाएतले बालबालिकामा पढ्ने रुचि र संस्कार विकासमा साक्षरता कार्यक्रमले सकारात्मक परिणाम दिन थालेको धारणा व्यक्त गरेका छन् ।

योजनाबद्ध शिक्षणका लागि भाषा शिक्षकलाइ नयाँ सीप

बालमैत्री शिक्षण विधि, प्रभावकारी कक्षाको व्यवस्थापन र बालबालिकाको बुझाइ सुधार गर्ने उपाय समावेश गरेर प्रदान गरिएको तालिमले शिक्षकहरुमा नयाँ ज्ञान र सीपको विकास भएको पाइएको साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेलले जानकारी दिए । जानकी मावि दोहली, छत्रेश्वरी ३ का शिक्षक रुपा वली, शारदा आवि, शानपा १ चैवांगका शिक्षक लक्ष्मी वली र शिशु जागरण मावि, बागचौर नगरपालिका ९ का शिक्षक शिला कुमारी योगीले तालिमबाट धेरै महत्वपूर्ण विषयमा जानकारी मिलेको भन्दै अवदेखि व्यवस्थित र योजनाबद्ध रुपले शिक्षण गर्न सकिने क्षमता विकास भएको अनुभव सुनाए ।

सिकाईमा कठिनाइ झेलीरहेका बालबालिकाहरुलाई सहयोग पुर्याउने, साक्षरतायुक्त वातावरणका लागि स्थानीय सिकाइ सामग्रीको विकास तथा प्रारम्भीक कक्षामा शिक्षकहरुको शिक्षण कौशल बढाउने, कक्षा कोठामा शिक्षक निर्देशिकाको प्रयोग मार्फत बालवालिकामा पठन सीप विकास गर्ने लगाएतका उद्देश्य सहित साक्षरता कार्यक्रमले भाषा शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।

शारदा र बागचौर नगरपालिका, छत्रेश्वरी, त्रिवेणी र दार्मा गाउँपालिका तथा रुम टु रिडको साझेदारी, शिक्षा विकास तथा समन्वय इकाइको समन्वय एवम् दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लाका ६८ विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । आफ्नै लगानीसहित रुम टु रिडको प्राविधिक सहयोगमा शारदा नगरपालिकाले १५ र बागचौर नगरपालिकाले १० वटा विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending