काठमाडौं। विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच १७ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणको काम शुभारम्भ गरिएको हो।
यस परियोजनाले नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी, सुरक्षालाई अभिवृद्धि गर्नुका साथै सडक सञ्जाल व्यवस्थापन गर्ने बताइएको छ। सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्नेछ।
सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीहरुको उपस्थितिमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयोजनाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले उक्त परियोजनाले दिगो पूर्वाधार विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
आयोजनाको पहिलो चरणमा छनोट भएका प्रदेशका १८० किलोमिटर सडक र पुलको स्तरोन्नति, ४ सय किलोमिटर र ७ सय किलोमिटर अवस्थित प्रादेशिक सडक र पुलहरूको मर्मतसम्भार हुने बताइएको छ।
तीन चरणको आयोजनामध्ये पहिलो चरण सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका साथै १३ नगरपालिकामा कार्यान्वयन गरिने शहरी बिकास मन्त्रालयले जनाएको छ।
कार्यक्रममा आयोजना कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेश सरकारबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...



प्रतिकृया लेख्नुहोस्: