Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

जंगी अड्डामा नेपालभारत सैनिक वार्ता, पारस्परिक साझेदारी र हितबारे छलफल

खबरडबली संवाददाता

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जंगी अड्डामा द्विपक्षीय वार्ता भएको छ।

वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

त्यसअघि भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले उनको सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यसअवसरमा भारतीय सेनाध्यक्षले जंगी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए ।

सो क्रममा भारतीय स्थल सेनाध्यक्षले सैनिक मञ्च टुँडिखेल रहेको वीर स्मारकमा पुष्पहार अर्पण गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ।

गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो। भोलि प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

सन् १९५० देखि नेपाल र भारतबीच एक(अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ। यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए।

त्यस्तै भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन्।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएका हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending