Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घन्टामा २० जनाको मृत्यु

खबरडबली संवाददाता

पेशावर । उत्तर–पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले बुधबार बताएको छ । यो अफगानिस्तान सीमा क्षेत्रमा भएको अर्को झडपमा आठ जनाको मृत्यु भएपछिको घटना हो ।

आत्मघाती विस्फोट मङ्गलबार भएको थियो र यसमा ‘मातृभूमिका १२ बहादुर छोरा’ को मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ ।

पहाडी खैबर पख्तुनख्वा प्रान्तको बन्नुमा आत्मघाती आक्रमण हुनुअघि उनीहरू र सैनिकहरूबीच भएको गोली हानाहानमा छ आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

“चौकीमा प्रवेश गर्ने प्रयासलाई आफ्नै सेनाले प्रभावकारी रूपमा विफल बनायो, जसले (उग्रवादीहरूलाई) विस्फोटक भरिएको सवारी साधन चौकीको परिधि पर्खालमा ठोक्काउन बाध्य पा¥यो”, विज्ञप्तिमा उल्लेख छ । 

पाकिस्तानी तालिबान हाफिज गुलबहादुर सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले एक बयानमा ‘आफ्नो दुःख’ र ‘आतङ्कवादको अभिशापलाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो सङ्कल्प’ व्यक्त गरे । 

गृहमन्त्री मोहसिन नकवीले आक्रमणको निन्दा गरे । नाम नछाप्ने सर्तमा कुरा गर्ने एक गुप्तचर अधिकारीका अनुसार खैबर पख्तुनख्वामा भएको अर्को आक्रमणको २४ घन्टाभन्दा कम समयमा बम विस्फोट भएको थियो ।

सोमबार भएको त्यो झडप घन्टौँसम्म चलेको थियो । प्रान्तको तिराह क्षेत्रमा आठ सैनिक र नौ उग्रवादीको मृत्यु भएको ती अधिकारीले बताए ।

पाकिस्तानी तालिबान भनेर पनि चिनिने तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले पछि उक्त आक्रमणको जिम्मेवारी लिएको थियो र सुरक्षा बलले आफ्ना एकजना लडाकूलाई लक्षित गरेको खोजीको जवाफमा उक्त आक्रमण भएको बताएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending