Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र

खबरडबली संवाददाता

घोराही  ।  नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ। जिल्लाको गढवा गाउँपालिका६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो।

पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापाले बताए। परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा जुटेको उनले उल्लेख गरे।

जिल्लामा आयोजना हुने प्रायः विवाह, व्रतबन्ध, चौरासी, विभिन्न सभासमारोहमा बाजा बजाउने जनशक्ति अभाव हुन थालेपछि केन्द्रको सक्रियतामा सीप सिकेर अभियान सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले जानकारी दिए। यसले युवामा चासो बढ्नुका साथै कला नयाँ पुस्तामा हस्तान्त्रण समेत हुन थालेको उनको भनाइ छ।

‘केन्द्रमा सबै उमेर समूहका व्यक्तिहरु आवद्ध भएका यसले नयाँ पुस्तालाई बाजा बजाउन सीप प्रदान गर्नुका साथै कला, संस्कृति संरक्षण हुने विश्वास लिएका छौं’, अध्यक्ष थापाले भने, ‘सबैले सहयोग गरिरहनुभएकाले पनि हामी सक्रिय भएर बाजा संरक्षण र प्रवर्द्धन अभियानमा जुटेका हौं।’

लोप हुन लागेको परम्परा बोकेको पञ्चेबाजा संरक्षणमा स्थानीय युवा पनि सक्रियाताका साथ जुटेको देख्दा खुसी लागेको ६३ वर्षीय थापाको भनाइ छ। बुढेसकालमा अरु गर्न नसके पनि आफूले जानेको सीप युवालाई सिकाउँदै बाजा संरक्षण, परम्परा जगेर्नाका साथै आयआर्जनमा पनि सहयोग पुगेको उनले बताए।

गढवा–६ बालापुर निवासी अध्यक्ष थापाले विसं २०७६ देखि स्थापना भएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले अहिले पनि सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए। ‘पहिला मादल पनि बजाउन आउँदैनथ्यो, विस्तारै सबै सिक्दै जानेको हुँ’, उनले भने,  ‘यहाँका ज्येष्ठ नागरिकको पहलमा बाजा बजाउन लागेका छौँ, यसले समाजमा सकारात्मक सन्देश दिने अपेक्षा छ।’

पञ्चेबाजा बजाउनकै लागि केन्द्रका प्रतिनिधि दाङसहित काठमाडौँ, बर्दिया, चितवनलगायत अन्य जिल्लाहरुमा पनि जाने गरेको केन्द्रका अध्यक्ष थापाले अनुभव सुनाए।

गढवा–६ का ओमप्रसाद आचार्यले बुढापाकाले सञ्चालन गरेको पञ्चेबाजा संरक्षण अभियानमा युवापुस्ताले पनि सहयोग गर्दै आएका बताए। समूहमार्फत काम गर्दै आएकाले यसले पुस्ताहस्तान्त्रण हुँदै गएको उनको बुझाइ छ। ‘कहिलेकाही पञ्चेबाजाको माग धेरै ठाउँबाट एकै पटक आउने गरेको भन्दै आचार्यले पहिलोपटक हेर्न आउनेले ब्राह्मणले बाजा बजाएको देखेर अनौठो मान्नुहुन्छ’, उनले भने।

केन्द्रका सदस्य माधवी नेपालीले समूहका ज्येष्ठ नागरिकबाट पञ्चेबाजा बजाउन सिकेको भन्दै उनीहरुसँग विभिन्न कार्यक्रममा सहभागी भएर आम्दानी पनि गर्दै आएको बताए। तेइस वर्षीय नेपालीले आफूले सिकेको सीप भाइबहिनीहरुलाई पनि सिकाएर पञ्चेबाजा पुस्तान्तरण अभियानलाई निरन्तरता दिने उल्लेख गरे।​

गढवा(६ हासिँपुरका थानेश्वर आचार्यले लोप भएको बावालाई संरक्षण गर्न अभियान सुरु गरेको बताए। केन्द्रका सदस्यसमेत रहेका उनले सुरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत रु दुई लाखको बजेटमा पञ्चेबाजा बजाउने तालिम लिएको जानकारी दिए।

उनका अनुसार उक्त तालिममा १२ जना स्थानीयको सहभागिता थियो। स्थानीय सरकारले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सीप विकाससम्बन्धी तालिम, अनुदानलगायत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

केन्द्रका सदस्य चुडामणी खनालले बाजा बजाएबापत समूहले जिल्लाभित्र एक पटकको  २५ हजार र जिल्ला बाहिर जाँदा ३० हजार लिने गरेको जानकारी दिए। उक्त रकममध्ये पाँच हजार कोषमा जम्मा गर्ने र बाँकी बाजा बजाउने समूहका सदस्यले पारिश्रमिकस्वरुप लिने गरेको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending