Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

हमासका वार्ताकारहरू ‘दोहामा छैनन्’ तर राजनीतिक कार्यालय बन्द भएको छैन : कतार

खबरडबली संवाददाता

दोहा । कतारले मङ्गलबार हमासका वार्ताकारहरू दोहामा नरहेको तर उनीहरूको कार्यालय स्थायी रूपमा बन्द नगरिएको बताएको छ । हमासलाई कतारी राजधानीबाट बाध्यपूर्वक निष्कासित गरिएको अटकलपछि कतारको यस्तो भनाइ आएको हो ।

“वार्ता टोलीभित्र रहेका हमासका नेताहरू अहिले दोहामा छैनन्”, विदेश मन्त्रालय प्रवक्ता माजेद अल–अन्सारीले भने, “कार्यालय स्थायी रूपमा बन्द गर्ने निर्णय, तपाईंहरूले हामीबाट सिधै सुन्नुहुनेछ ।”

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले गाजा युद्धमा युद्धविरामका लागि महिनौँको निष्फल वार्ताको नेतृत्व गरेको थियो तर उसले यस महिनाको सुरुमा आफ्नो मध्यस्थता प्रयासहरू स्थगित गरेको घोषणा गरेको थियो ।

सन् २०१२ देखि कतारले संयुक्त राज्य अमेरिकाको आशीर्वादमा आतिथ्यता गर्दै आएको हमासलाई आफ्नो राजनीतिक ब्युरो अब स्वागतयोग्य छैन भनेर चेतावनी दिएको रिपोर्टपछि यो घोषणा गरिएको हो ।

“मध्यस्थता प्रक्रिया अहिले स्थगित छ। जबसम्म हामीले दुवै पक्षको स्थितिमा आधारित निर्णयलाई उल्टाउने निर्णय गर्दैनौँ”, कतारले हमासका अधिकारीहरूलाई छोड्न भनेको थियो कि भनेर पुष्टि गर्न अस्वीकार गर्दै अन्सारीले मङ्गलबार भने, “दोहामा हमासको कार्यालय मध्यस्थता प्रक्रियाका लागि बनाइएको थियो । स्पष्ट रूपमा, जब मध्यस्थता प्रक्रिया हुँदैन, कार्यालयमा नै कुनै काम हुँदैन ।”

हमासका एक वरिष्ठ नेताले सोमबार एएफपीलाई ‘कसैले पनि हामीलाई छोड्न आग्रह गरेको छैन’ र ‘हमासको राजनीतिक क्षेत्रका विभिन्न स्तरका नेताहरूले समय–समयमा टर्कीको समन्वित भ्रमण गर्ने’ भन्दै सदस्यहरू टर्कीमा बसाइँ सरेका रिपोर्टहरूलाई अस्वीकार गरेका थिए ।

गत वर्ष कतारले मध्यस्थता गरेको लडाइँमा एक हप्ताको विरामपछि सयौँ प्यालेस्टिनी कैदीको बदलामा धेरै बन्धकलाई रिहा गरियो तर वार्ताको लगातार चरणहरूमा कुनै प्रगति भएन ।

स्थायी युद्ध विराम प्रदान नगरेको भन्दै नोभेम्बरको सुरुमा हमासले इजिप्ट र कतारबाट थोरै समयको युद्ध विरामको प्रस्तावलाई अस्वीकार गरेको थियो ।

इजरायलले युद्धको उद्देश्य (हमासलाई कुल्चने र बन्धकहरूलाई घर ल्याउने) हासिल नगरेसम्म लडाइँ नरोक्ने बारम्बार प्रतिज्ञा गरेको छ । 

अप्रिलमा कतारले वार्तामा गतिरोधका क्रममा आफ्नो मध्यस्थताको भूमिकाको पुनर्मूल्याङ्कन गरिरहेको बताएको थियो । यसबाट केही समूह सदस्यहरूलाई टर्कीका लागि जान बाध्य पा¥यो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending