Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ: गृहमन्त्री लेखक

खबरडबली संवाददाता

धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । 

मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै  गृहमन्त्री लेखकले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि संगै अनुशासित पनि बन्नुपर्ने बताएका हुन् ।

उनले भने- सबै भन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो, तर सुरक्षा संगै अनुशासन पनि कायम गराउन जरुरी छ । गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगईरहेको उपनिर्वाचनलाई  निश्पक्ष र शान्तीपुर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन  दिए ।

गृहमन्त्री लेखकले भने- लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको  रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो ।

उनले लोकतन्त्र मर्यादित ब्यबस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिबार्य रहेको उल्लेख गरे । गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता बिषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै भने- 'तपाईहरुले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन ।'

उनले सुरक्षा गोष्ठी औंपचारिकतामा मात्र सिमित नभई सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका बिषयमा गम्भीर समीक्षा गरि आगामी योजना बनाउने बताए ।

कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नौं वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागीता रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

बाम एकताको बहस फेरि तातियो, शीर्ष नेताभन्दा कार्यकर्ता एकताका पक्षमा

लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्द...

जंगली हात्तीको आक्रमणमा आमा छोराको मृत्यु

चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३, बे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending