Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बाढी पीडित विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग

खबरडबली संवाददाता

काठमाडौं । बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । 

फाउण्डेशनले बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै शनिबार प्रत्येक परिवारलाई एक(एकवटा ब्ल्यांकेट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको थियो ।

सिजल एण्ड सिस्टरका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइँटेल, गीतकार तथा पत्रकार गीता अधिकारी, गायक तथा संगीतकार पुष्कर सुनार, गायिका तथा नायिका सारिका घिमिरे, चलचित्र नायक तथा मोडेल श्रीदेव भट्टराई, विश्व भारततोलन विजेता जीवन गिरी, निर्देशक फोटोग्राफर कुबेर तमाङ, क्यामेराम्यान नवीन सुनुवार तथा सिजल एण्ड सिस्टर संस्थाका सचिव डिल्लीराम सिग्देल, स्थानीय सहजकर्ता तथा समाजसेवी थुप्पेन घ्याल्बो लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

यसैदिन सिजल एण्ड सिस्टर फाउण्डेशनले समाजसेवी तथा संस्थाका संयोजक राजन भण्डारीको संयोजकत्वमा पनौती(१२ का अति विपन्न तथा बाढी पीडित परिवारलाई सिजल एन्ड सिस्टर फाउण्डेशन अंकित ३०० भन्दा बढी परिवारलाई बाल्टिन, पानीका फिल्टर तथा अन्य सामग्री कम्युनिटी इनोभेसन अर्गनाइजेसन तथा अन्य संस्थासँग सहकार्यगरी वितरण गरिएको थियो । सिजन एण्ड सिस्टर जस्तो गैरनाफामूलक संस्थासँग मिलेर काम गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको इनोभेसन संस्थाका अध्यक्ष नवराज खनालले बताउनुभयो ।

यसै कार्यक्रम कार्यक्रमको संयोजक सदिक्षा सुवेदीले कार्यक्रमको बृहत र टार्गेटमूलक भएको बताउनुभयो । कार्यक्रममा स्थानीय प्रतिनिधि बिमल खत्री लगायतको उपस्थिति थियो । हाम्रो सबै संस्थाको उद्देश्य एउटै भएकोले यसरी एकअर्कामा सहकार्य गरेर समाजसेवा गर्न पाउँदा आनन्द लागेको सेजल एण्ड सिस्टर फाउण्डेशनका अध्यक्ष सञ्जित भण्डारीले बताउनुभयो ।

मेघ सुवेदीले स्थापना गरेको यस संस्थाले यसअघि पनि रोसी गाउँपालिकाका वडा ९, १० र ११ वडाका बाढीपीडितलाई २५० भन्दा बढी बलांकेट मृतक परिवारलाई १० हजारका दरले तथा सम्पूर्ण घर क्षति भएको परिवारलाई जनही पचास हजारका दरले प्रदान गरिएको थियो । गीतकार कार्यक्रम प्रस्तोता तथा संयोजक समिर लामाको समयोजकत्वमा वितरण गरिएको थियो । यस राहत कार्यक्रममा १५० भन्दा बढी परिवारलाई वितरण गरियो बताइएको छ ।

‘हरेक दुःखी पीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्यनुसार हामीले विभिन्न चरणमा राहतको कार्यक्रम गरिरहेका छौं भने समाज कल्याणको थप अनुमति पश्चात् अन्य विभिन्न ठूला(ठूला रात कार्यक्रम गरिने योजना छ,’ संस्थाका नेपाल अध्यक्ष सन्जित भण्डारीले बताउनुभयो । यसअघि पनि नेपालका विभिन्न जिल्लाका विपन्न स्कुलमा स्कुल सामग्री तथा पोशाक वितरण मेलम्ची बाढीपीडितलाई तत्काल राहतका कार्यक्रम, रोहनिया शरणार्थीलाई खाद्यान्न सहयोग, जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग, पर्सा जिल्लाका गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग, काठमाडौंका विपन्न अनार्थ आश्रमलाई सहयोग, मोरङ, झापा तथा नवलपुर जिल्लाका सरकारी विद्यालयलाई स्कुल पोशाक वितरण तथा झापा र मोरङका भुटानी शिविरमा विभिन्न उल्लेखनीय काम गर्दै आएको छ ।

यस संस्था अमेरिकामा मेघ सुवेदीका अलवा पञ्चम तामाङ, योगेश नेपाल, रविन विष्ट, सुकवीर तमाङ, तिलमान मगर, सोनु तामाङ, अर्जुन विष्टलगायतले यस संस्थाको नेतृत्व गर्नुभएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending