Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कुन दलबाट को–को बन्दै छन् सुदूरपश्चिममा उम्मेदवार ?

खबरडबली संवाददाता

धनगढी । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ । जसअनुसार उपनिर्वाचन हुने सुदूरपश्चिमका स्थानीय तहमा दलहरूले आ–आफ्नो उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् । यहाँ जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदको लागि निर्वाचन हुँदैछ ।

नेकपा एमालेले उम्मेदवार हुने व्यक्तिको नाम सार्वजनिक गरेको छ । एमालेले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीको नाम टुङ्गो लगाएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि लखीचन्द बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि नेकपा एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाउने गरी नाम टुङ्गो लगाएको एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए ।

त्यस्तै, नेपाली काँग्रेसले पनि सबै उम्मेदवारको नाम सार्वजनिक गरी घरदैलो कार्यक्रमलाई अगाडि बढाएको छ ।

कांग्रेस प्रदेश प्रवक्ता सुरत रावतका अनुसार बाजुरा स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि वीरेन्द्र पुजारा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि मोहन बहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि धन बहादुर कुँवर र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि प्रकाश बहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि सबै उम्मेदवारको नाम टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाका अनुसार बाजुरा स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा राजुकुमारी बिकलाई उम्मेदवार बनाएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि पुष्कर बहादुर बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवीलाल थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि वीर सिंह कार्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि नानाराम कोलीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवार सार्वजनिक गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला पकड कम भएको नाउपाले पहाडी जिल्लामा उम्मेदवार बनाएको छ ।

नाउपा महासचिव गंगाराम चौधरीका अनुसार बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि जेनिशा बोहरालाई उम्मेदवार बनाइएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हरिष डगौरालाई उम्मेदवार बनाइएको छ ।

जिसस कैलाली प्रमुखको लागि कांग्रेस र नाउपाबाट उम्मेदवार

जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि कांग्रेसले जिसस कैलालीे प्रमुख पदका टीका चौधरी भुललाई उम्मेदवार बनाएको छ । यसअघि बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले जिसस कैलाली प्रमुखको उम्मेदवारको लागि धनगढी उपमहानगरपालिका–२ का वडा सदस्य केशवराज पन्त लाई बनाउने निर्णय गरेको थियो ।

तर निर्वाचन आयोगले जुनसुकै स्थानीय तहको प्रमुख पदमा पुरुष भए उपप्रमुख महिला अनिवार्य अर्थात पुरुष उपप्रमुख रहेको ठाउँमा महिला प्रमुख अनिवार्य भन्ने परिपत्र गरेपछि कांग्रेसले सो निर्णय गरेको हो । उनी कैलारी गाउँपालिका २ का वडा सदस्य हुन् ।

त्यस्तै, नाउपाले जिसस कैलाली प्रमुखमा रुकमति डंगौरा थारुलाई उम्मेदवार बनाएको छ । उनी टीकापुर नगरपालिका वडा नं ४ का महिला वडा सदस्य हुन् ।

१३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ । कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending