काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनलाई पार्टीले संघीयता कार्यान्वयनका अधुरा कार्यभार पूरा गर्न जनमत निर्माण गर्ने अवसरको रुपमा लिएको बताएका छन् ।
स्थानीय तहको उपनिर्वाचन सन्दर्भमा बोल्दै बस्नेतले संघ, प्रदेश र स्थानीय तहबीच यथोचित साझेदारी, सुमधुर र सहयोगात्मक सम्बन्धको विकास गर्दै जनअपेक्षा पूरा गर्ने तर्फ ध्यान दिनुपर्ने कुरा बताएका हुन् ।
बस्नेतले भने, ‘स्थानीय तहसँग जनताको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने काम, सेवा र सुविधाहरु जोडिएको हुन्छ । स्थानीय तह समावेशी लोकतन्त्र र समावेशी विकासलाई अपनत्वसहित प्रत्याभूति गर्ने प्रमुख आधार हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सवल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह आवश्यक हुने भन्दै संघीयता कार्यान्वयनका हाम्रा अनुभव, सफल अभ्यास र सकारात्मक पक्षको आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा बस्नेतले जोड दिए ।
संविधान जारी गर्दाका बखत पार्टीका केही सैद्धान्तिक विमति रहेका थिए । तसर्थ स्थानीय तह उपनिर्वाचनको अभियान सञ्चालन गर्दैगर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...
आषाढ़ २१ गते, २०८३ - ०८:४२
लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’
आषाढ़ २१ गते, २०८३ - ०८:३६
सर्लाही । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्द...
आषाढ़ २१ गते, २०८३ - ०७:३८
चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३, बे...



प्रतिकृया लेख्नुहोस्: