काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस काठमाडौं अध्यक्ष कृष्णसबुज बानियाँले पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको बताए । पाठक कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति हुन्।
काठमाडौं महानगर १६ मा २०७९ को वैशाखमा अध्यक्ष पदमा मुकुन्द रिजाल निर्वाचित भएका थिए । २०८० भदौमा रिजालको निधन भएपछि वडाध्यक्ष पद रिक्त छ ।
वडा नम्बर १६ को अध्यक्षमा एमालेबाट लक्ष्मीरत्न तुलाधर उम्मेदवार छन् भने एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर उम्मेदवार रहेका छन् । एकीकृत समाजवादीका मानन्धरलाई माओवादी केन्द्रको पनि समर्थन रहेको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ उम्मेदवार छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...
आषाढ़ २१ गते, २०८३ - ०८:४२
लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’
आषाढ़ २१ गते, २०८३ - ०८:३६
सर्लाही । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्द...
आषाढ़ २१ गते, २०८३ - ०७:३८
चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३, बे...



प्रतिकृया लेख्नुहोस्: