Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

कावासोतीको हाटबजारको अवैध संरचना हटाउन प्रहरीको निर्देशन

खबरडबली संवाददाता

कावासोती। नवलपुरको कावासोती नगरपालिका २ स्थित हाटबजारअन्तर्गत सडक अधिकार क्षेत्रभित्र रहेका संरचना हटाउन थालिएको छ । प्रहरीको नाममा महेन्द्र राजमार्गमा रहेको २२ कठ्ठा जग्गामा विगत लामो समयदेखि फलफूल र किराना व्यवसाय सञ्चालन गरिएको थियो । कावासोती फलफूल चोक नामले परिचित त्यस ठाउँमा अत्याधुनिक पेट्रोल पम्प निर्माण हुने भएपछि अस्थायी टहरा हटाउन लागिएको प्रहरीले जनाएको छ ।

अत्याधुनिक पेट्रोल पम्प निर्माण कार्य सुरु भएपश्चात् उक्त क्षेत्रमा सञ्चालन भएका फलफूल, किराना पसल हटाउन सम्बन्धित व्यापारीलाई केही महिना अघि नै प्रहरीले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।

अत्याधुनिक पम्पमा इभी चार्जिङ स्टेसन, कफी सपसमेत रहने गरी निमार्ण कार्य भइरहेको उनले बताए। दश करोड ८० लाखको लागतमा प्रहरी कल्याण कोषले पेट्रोल पम्पको निर्माण कार्य सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय र फलफूल चोकको नजिकमा सुरु भएको निर्माणको काम आगामी १८ महिनामा सम्पन्न हुने बताइएको छ ।

यता विगत ३० वर्षदेखि फलफूल व्यवसाय गर्दै आउनुभएका सिता भुर्तेलले आफूहरूलाई अन्य ठाउँ उपलब्ध गराउनुपर्ने बताए । फलफूल व्यवसाय गरेर नै छोराछोरीको शिक्षादीक्षा दिइरहेको र आफ्नो जीविकोपार्जन गर्ने ठाउँ नहुँदा समस्या हुने उनको भनाइ छ ।

त्यस्तै, स्थानीय दिनेश गौडेलले अहिले अत्याधुनिक पेट्रोल पम्प निर्माण हुने भनेर आफ्नो व्यवसाय हटाइएको भए पनि आधुनिक भवन बनाएर आफूहरूले त्यस ठाउँमा नै व्यापार गर्न पाउनुपर्ने व्यापारीको माग रहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरीको कीर्तिपुर स्कुलमा आर्थिक हिनामिना आरोप, इन्स्पेक्टरसहित दुई पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...

मालदह आँपको मूल्य दोब्बर, किसानभन्दा व्यापारी बढी लाभान्वित

लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...

डोल्पामा लेदोसहितको बाढी गाउँ पस्दा एकको मृत्यु, ६ जना घाइते

रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी क...

१०० दिनमा शिक्षा मन्त्रालयका ४२ उपलब्धि, नतिजा प्रकाशनदेखि विश्वविद्यालय सुधारसम्मका निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...

उत्तरी गोरखामा प्रहरी नै एम्बुलेन्स

सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरि...

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending