वेलिङटन । सदनमा जब २२ वर्षीया एक युवा सांसदले प्रस्तावित विधेयकमा असहमति राख्दै विधेयक च्यातेर संसद्मै आफ्नो परम्परागत ुहाका नृत्यु प्रस्तुत गर्न थाल्छिन्, त्यसपछि अन्य सांसद र ग्यालरीबाट समेत हाका नृत्य सुरू हुन्छ ।
हाकाको तालले संसद् गुञ्जायमान बन्छ । अहिले त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ, यो दृश्य हो न्यूजील्याण्डको संसद्को ।
बिहीबार जब सदनमा यहाँका आदिवासी माओरी समुदायको अधिकार खुम्च्याउने गरी १८४ वर्ष पुरानो सन्धि पुनस् व्याख्यासहितको विधेयक प्रस्तुत हुन्छ, माओरी समुदायका सांसदहरूले उक्त विधेयकको विरोधमा संसद्मै आफ्नो परम्परागत हाका नृत्य प्रस्तुत गरेर विरोध गरे । र, सदन अवरुद्ध पारे ।ु
अहिले संसद्को त्यही दृश्व सामाजिक सञ्जालबाट विश्वभर भाइरल बनिरहेको हो । सन् १८४० मा ब्रिटिस क्राउन र आदिवासी माओरी अगुवाहरूबीच भएको सन्धिका आधारमा न्यूजील्याण्ड देश स्थापना भएको थियो ।
तर हाल आएर सत्तारुढ गठबन्धनले त्यही सन्धिमा भएका लिखतहरूको पुनस् व्याख्या गर्ने र आदिवासी माओरी समुदायको अधिकारमा कटौती गर्ने गरी विधेयक प्रस्तुत गरेपछि न्यूजील्याण्डमा त्यसको विरोध हुँदै आएको छ ।
यहाँ कुल जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्ने माओरीहरूले उक्त विधेयकको विरोध गर्दै आएका छन् । त्यसबारे संसद्मा यसअघि पनि विरोध हुँदै आएको थियो ।
तर बिहीबारको बैठकमा सभामुख जेरी ब्राउनलीले उक्त विधेयक भोटिङका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
ब्राउनलीले विधेयकको पहिलो खण्ड प्रस्तुत गरिसकेपछि संसद्मा विपक्षमा रहेको माओरी पार्टीका सांसदहरूलाई विधेयकको पक्षमा मतदान गर्नेबारे सोधेका थिए । त्यसपछि संसद् बैठक अशान्त बनेको थियो ।
सभामुख ब्राउनलीको प्रश्न आउनेबित्तिकै माओरी पार्टीकी २२ वर्षीय युवा सांसद हाना रावहिती माइपी क्लार्कले प्रस्तावित विधेयक च्यातेर हाका नृत्य प्रस्तुत गर्न सुरू गरिन् । हाका आदिवासी माओरी समुदायको ऐतिहासिक सांस्कृतिक नृत्य हो ।
हानाले हाका नाच सुरू गर्नेबित्तिकै संसद्का अन्य सदस्यहरूले पनि नृत्य सुरू गर्छन् भने ग्यालरीबाट पनि हाका नृत्य सुरू हुन्छ ।
जबकि अहिले न्यूजील्याण्डमा गएको १० दिनदेखि उक्त धेयकको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । माओरी समुदायले भने आफूहरूमाथि हुँदै आएको अन्याय र अत्याचारको सम्बोधन हुने गरी कानून बनाउनुपर्ने माग गर्दै आएका छन् ।
राजनीतिक विश्लेषकहरूले भने हाल संसद्मा पुगेको विधेयक पारित भए न्यूजील्याण्डमा जातीय विभाजन सिर्जना हुने चेतावनी दिँदै आएका छन् । यद्यपि विधेयको पहिलो खण्ड भने बिहीबार नै सदनबाट पारित भइसकेको छ ।
माओरी सांसदहरूको विरोधका कारण बिहीबारको बैठक करिब आधा घण्टासम्म अवरुद्ध भएपनि ३० मिनेटको ब्रेकपछि भने सांसद मेपे क्लार्कलाई सदनबाट निलम्बन गरी गठबन्धन दलले विधेयक पारित गरेका थिए ।
तर विधेयक पारित भएर पूर्ण कार्यान्वयनमा आउने वा नआउनेबारे भने अन्योल छाएको छ । हालै प्रधानमन्त्री क्रिस्टोफर लक्सनले पनि उक्त विधेयकलाई विभाजनकारी भएको टिप्पणी गरेका छन् ।
१२३ सदस्यीय संसद्मा माओरी पार्टीबाट ६ जनामात्रै सांसद रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: