काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर)को प्रतिनिधिमण्डल साताव्यापी भ्रमणका क्रममा काठमाडौँ आइपुगेको छ ।
रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर)का अध्यक्ष तथा साइबेरिया क्षेत्रीय संसद् सदस्य सर्गेई मालिन्कोविचको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका शीर्षनेताहरूसँग भेट गर्ने छ ।
प्रतिनिधिमण्डलले अन्य कम्युनिष्ट पार्टीका शीर्षनेताहरूसँग समेत भेटघाट गर्ने जनाइएको छ । उक्त प्रतिनिधिमण्डल आगामी मङ्सिर १ गते नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा विदेश विभागले आयोजना गर्ने अक्टोबर क्रान्तिका सन्दर्भमा आयोजित एकदिवसीय गोष्ठीमा सहभागी हुनेछ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्ने पार्टी एकीकृत समाजवादीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए ।
प्रतिनिधिमण्डलले पर्यटकीय नगरी पोखराको दुईदिने भ्रमण गर्नेछ । पोखरा भ्रमणका क्रममा प्रतिनिधिमण्डलले कम्युनिष्ट पार्टीका स्थानीय नेताहरूसँग भेटघाट गर्नेछ । प्रतिनिधिमण्डल आगामी मङ्सिर ५ गते मस्को फर्कने तालिका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - ०९:३५
काठमाडौं । फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको छ। बार्नियरविरुद्धको अविश्वासको प्रस्ताव संसद्ले अत्यधिक मतले पारित गरेपछ...
मंसिर २० गते, २०८१ - ०९:२२
उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ । जिल्ला प्रहरी कार्यालयका...
मंसिर २० गते, २०८१ - ०९:१९
डडेल्धुरा । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्याप...
मंसिर २० गते, २०८१ - ०९:०१
काठमाडौं । २०७६ सालको चैतदेखि सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोरमा हालीमुहाली गर्दै आएका नायब सुब्बा ...
मंसिर २० गते, २०८१ - ०८:४४
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरका छन्। प्रधानमन्त्री ओलीलाई बे...
मंसिर २० गते, २०८१ - ०८:२८
भद्रपुर । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोव...
मंसिर २० गते, २०८१ - ०७:४९
बागलुङ । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्याशित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको ...
मंसिर २० गते, २०८१ - ०७:४३
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। केहिबेरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो। बैठकमा स्थ...
मंसिर २० गते, २०८१ - ०७:३६
काठमाडौँ । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुग...
मंसिर २० गते, २०८१ - ०७:३२
काठमाडौं । सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलनमा सघाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले बुधबार रात...
प्रतिकृया लेख्नुहोस्: