काठमाडौं । नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा तयारीको लागि सभा संयोजन समिति गठन गरेको छ ।
नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि बुधबार बसेको बैठकले ११ सदस्सीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नको लागि पार्टीको वाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजक जिम्मा पार्टीको वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ ।
समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहेका छन् ।
जागरण सभा संयोजन समितिको बुधबारै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा. भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जागरण सभा गर्न लगाएको उनले जानकारी दिए । जागरण सभाले पार्टीको दृष्टिकोण र धारणा आमजनताका बिचमा पुर्याउने उद्देश्य लिएको भट्टराईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १७:१८
टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...
माघ ९ गते, २०८२ - १७:०९
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...
माघ ९ गते, २०८२ - १७:०६
हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...
माघ ९ गते, २०८२ - १६:४८
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...
माघ ९ गते, २०८२ - १६:३९
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...
माघ ९ गते, २०८२ - १६:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...
माघ ९ गते, २०८२ - १६:३१
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...
माघ ९ गते, २०८२ - १६:२३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...




प्रतिकृया लेख्नुहोस्: