Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ट्रम्पको जितपछि मस्कलाई फलिफाप: एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित एलन मस्कका लागि निकै फाइदा साबित हुने देखिएको छ ।  चुनावमा ट्रम्पका लागि ठुलो रकम खर्च गरेका टेस्ला र एक्सका सीईओ एलन मस्कले सात दिनमा ट्रम्पको कुल सम्पत्तिभन्दा झण्डै १० गुणा बढी कमाएका छन् । 

ट्रम्पको जितअघि मस्कको कुल सम्पत्ति २६२ अर्ब डलर थियो, जुन मंगलबार बढेर ३०८ अर्ब डलर पुगेको छ । ट्रम्पको सम्पत्ति करिब ५.६ बिलियन डलर रहेको छ । 

फोर्ब्सको रियल-टाइम बिलियनियर्स इन्डेक्सका अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति मस्कको सम्पत्ति बुधबार ३०८.१ बिलियन डलर पुगेको छ । ट्रम्पको जितपछि मस्कको ईभी कम्पनी टेस्लाको शेयरमा भारी वृद्धि भएको थियो । टेस्लाको शेयर ३९ प्रतिशतले बढेको छ र कम्पनीको मार्केट क्याप एक ट्रिलियन डलरले बढेको छ ।

राष्ट्रपतिको चुनावमा ठुलो रकम खर्च गर्नुका साथै मस्कले ट्रम्पलाई पुरा समर्थन गरेका थिए । मस्कले ट्रम्पका लागि सोशल मिडिया प्लेटफर्म एक्सको पनि पूरा उपयोग गरेका थिए । 

यसैबीच ट्रम्पले मस्कलाई आफ्नो सरकारमा सामेल गराएको घोषणा गर्दै सरकारको दक्षता बढाउने नयाँ मन्त्रालय स्थापना गरेर त्यसको नेतृत्व दिने घोषणा गरेका छन् । विभिन्न मिडिया रिपोर्टमा विश्वकै धनि मस्कले अब ट्रम्प सरकारको नीति निर्माणदेखि आफ्नो व्यवसायको लागि फाइदा पुग्ने कानुन बनाउन हस्तक्षेप गर्नसक्ने बताउदै आएका छन् ।
  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending