काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित एलन मस्कका लागि निकै फाइदा साबित हुने देखिएको छ । चुनावमा ट्रम्पका लागि ठुलो रकम खर्च गरेका टेस्ला र एक्सका सीईओ एलन मस्कले सात दिनमा ट्रम्पको कुल सम्पत्तिभन्दा झण्डै १० गुणा बढी कमाएका छन् ।
ट्रम्पको जितअघि मस्कको कुल सम्पत्ति २६२ अर्ब डलर थियो, जुन मंगलबार बढेर ३०८ अर्ब डलर पुगेको छ । ट्रम्पको सम्पत्ति करिब ५.६ बिलियन डलर रहेको छ ।
फोर्ब्सको रियल-टाइम बिलियनियर्स इन्डेक्सका अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति मस्कको सम्पत्ति बुधबार ३०८.१ बिलियन डलर पुगेको छ । ट्रम्पको जितपछि मस्कको ईभी कम्पनी टेस्लाको शेयरमा भारी वृद्धि भएको थियो । टेस्लाको शेयर ३९ प्रतिशतले बढेको छ र कम्पनीको मार्केट क्याप एक ट्रिलियन डलरले बढेको छ ।
राष्ट्रपतिको चुनावमा ठुलो रकम खर्च गर्नुका साथै मस्कले ट्रम्पलाई पुरा समर्थन गरेका थिए । मस्कले ट्रम्पका लागि सोशल मिडिया प्लेटफर्म एक्सको पनि पूरा उपयोग गरेका थिए ।
यसैबीच ट्रम्पले मस्कलाई आफ्नो सरकारमा सामेल गराएको घोषणा गर्दै सरकारको दक्षता बढाउने नयाँ मन्त्रालय स्थापना गरेर त्यसको नेतृत्व दिने घोषणा गरेका छन् । विभिन्न मिडिया रिपोर्टमा विश्वकै धनि मस्कले अब ट्रम्प सरकारको नीति निर्माणदेखि आफ्नो व्यवसायको लागि फाइदा पुग्ने कानुन बनाउन हस्तक्षेप गर्नसक्ने बताउदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: