काठमाडौँ । भारत र अष्ट्रेलियाबीच हुने बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियाले आफ्नो टिम घोषणा गरेको छ । अष्ट्रेलियाले नोभेम्बर २२ देखि शुरु हुने यस सिरिजका लागि १३ खेलाडीको टोली घोषणा गरेको छ ।
अस्ट्रेलियाले भारत विरुद्धको टेष्ट खेलका लागि दुई अनक्याप्ड खेलाडीलाई टोलीमा समावेश गरेको छ ।
दुई टोलीबीचको पहिलो टेष्ट खेल नोभेम्बर २२ बाट पर्थमा सुरु हुनेछ । अष्ट्रेलियामा भारत ए विरुद्ध खेलिएको अनौपचारिक टेस्ट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका नाथन म्याकस्विनीलाई टोलीमा सम्भावित ओपनर ब्याट्सम्यानका रूपमा छनोट गरिएको छ । यो सिरिज र विशेषगरी पहिलो खेल भारत र अष्ट्रेलिया दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । किनभने पहिलो टेस्ट म्याच विश्व टेस्ट च्याम्पियनसिपको अंकका लागि खेलिएको खेलमध्ये एक हो । विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा भारत पहिलो र अष्ट्रेलिया दोस्रो स्थानमा छ ।
भारतीय टोली अष्ट्रेलियामा राम्रो प्रदर्शन गर्दै लगातार तेस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चाहन्छ । यसअघि भारतले घरेलु मैदानमा न्युजिल्यान्डसँगको सिरिज ३–० ले गुमाएको थियो ।
यस्तो अवस्थामा अस्ट्रेलियामा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो भने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ ।
अष्ट्रेलियाको टिम- प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, उसमान ख्वाजा, स्टिभ स्मिथ, मार्नस लाबुसचेन, स्कट बोलान्ड, एलेक्स केरी, जोस हेजलवुड, जोस इंग्लिश, नाथन लियोन, मिचेल मार्स, नाथन म्याकस्विनी र मिचेल स्टार्क ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: