काठमाडौँ । भारत र अष्ट्रेलियाबीच हुने बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियाले आफ्नो टिम घोषणा गरेको छ । अष्ट्रेलियाले नोभेम्बर २२ देखि शुरु हुने यस सिरिजका लागि १३ खेलाडीको टोली घोषणा गरेको छ ।
अस्ट्रेलियाले भारत विरुद्धको टेष्ट खेलका लागि दुई अनक्याप्ड खेलाडीलाई टोलीमा समावेश गरेको छ ।
दुई टोलीबीचको पहिलो टेष्ट खेल नोभेम्बर २२ बाट पर्थमा सुरु हुनेछ । अष्ट्रेलियामा भारत ए विरुद्ध खेलिएको अनौपचारिक टेस्ट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका नाथन म्याकस्विनीलाई टोलीमा सम्भावित ओपनर ब्याट्सम्यानका रूपमा छनोट गरिएको छ । यो सिरिज र विशेषगरी पहिलो खेल भारत र अष्ट्रेलिया दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । किनभने पहिलो टेस्ट म्याच विश्व टेस्ट च्याम्पियनसिपको अंकका लागि खेलिएको खेलमध्ये एक हो । विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा भारत पहिलो र अष्ट्रेलिया दोस्रो स्थानमा छ ।
भारतीय टोली अष्ट्रेलियामा राम्रो प्रदर्शन गर्दै लगातार तेस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चाहन्छ । यसअघि भारतले घरेलु मैदानमा न्युजिल्यान्डसँगको सिरिज ३–० ले गुमाएको थियो ।
यस्तो अवस्थामा अस्ट्रेलियामा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो भने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ ।
अष्ट्रेलियाको टिम- प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, उसमान ख्वाजा, स्टिभ स्मिथ, मार्नस लाबुसचेन, स्कट बोलान्ड, एलेक्स केरी, जोस हेजलवुड, जोस इंग्लिश, नाथन लियोन, मिचेल मार्स, नाथन म्याकस्विनी र मिचेल स्टार्क ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: