काठमाडौँ । यही कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ को प्रदर्शन मिति सरेको छ । शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ ।
लक्ष्मीपूजाबाट आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्वरुपमा दर्शकको साथ पाइरहेको अवस्थालाई ध्यानमा राख्दै ‘केटी हराएको सूचना’ को रिलिज तत्कालका लागि स्थगन गरेको हो ।
निर्माण पक्षले विज्ञप्तिमा भनेको छ 'जुन प्रकारले ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँट गर्नुपर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकोले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै ‘केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौं ।’
‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेकै बेला अब कात्तिक ३० गते फिल्म ‘ह्रस्व दीर्घ’ एकल प्रदर्शन हुने भएको छ ।
दीपेन्द्र गौचनको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको ‘केटी हराएको सूचना’ मा नाजिर हुसेन, सृष्टि श्रेष्ठ सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल लगायतको अभिनय छ । क्यूएफएक सिनेमाका मालिक समेत रहेका नकिम उद्दिन फिल्मका कार्यकारी निर्माता हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: