Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

पोखरामा १ वर्षमा बल्ल चार्टर्ड उडान, २२ महिनामा मात्रै ८ वटा चार्डर्ट उडान

चीनको सिचुवान एयरलाइन्सल बिहीबार पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै । तस्बिरः राधिका कंडेल/रासस
खबरडबली संवाददाता

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ दोस्रो पटक ल्यान्ड भएको छ । बिहीबार दिउँसो चार्टर्ड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस–३१९ पोखरा विमानस्थलमा अवतरण भएको हो ।

शनिबार पोखरामा हुने तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा भाग लिने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले बताइन् । उनका अनुसार जहाज चीनको कुनमिङ विमानस्थलबाट चार्टर्ड उडान भरेर आइपुगेको हो ।

सो जहाज करिब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ः१० बजे काठमाडौंको लागि उडान भरेको थियो । यात्रु लिएर आएको सो विमान काठमाडौं फर्किदा भने रित्तै फर्कियो ।

पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किंदा भने काठमाडौंहुँदै फर्किने छन् । पोखराबाट काठमाडौंसम्म यातायात व्यवस्था अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजक हिमालयन टुरिजम फोरम अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । पोखरा बसाइका क्रममा आइतबार चिनियाँ पर्यटकहरुले पोखराको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष ६ असारमा सिचुवानकै न्यारोबडी एयरबस–३१९ ले पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यतिबेला फेवातालमा पहिलोपटक भएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चीनको छेन्दुबाट चार्टर्ड उडान भरेर आएको हो ।

२२ महिनाअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले धुमधामसाथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । हालसम्म योसहित मात्र ८ वटा चार्डर्ट उडान भएका छन् । गत वर्ष ७ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए । सन् २०२४ को आखिरीमा यो वर्ष मात्र १ अन्तर्राष्ट्रिय उडान भएको हो ।

उद्घाटनका दिन हिमालयन एयरलाइन्सले डेमो उडान भरेको थियो । त्यसपछि ६ असारमा सिचुवान एयरलाइन्सको जहाजले चार्टर्ड उडान भरेर पोखरा आयो । २०८० भदौ ३ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान गरेर विमान पोखरा आयो। पोखराबाट पर्यटकले लिएर फर्कियो ।

२२ कात्तिक, ०८० मा चिनियाँ जनमुक्ति सेनाको दुई कार्गो विमान पोखरामा ओर्लिए । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि रहात सामाग्री बोकेर ती दुई विमान पोखरा आएका थिए । सोही वर्ष ७ मंसिरमा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सले पोखरामा चार्टर्ड उडान भरेको थियो । सरकारले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाइरहेको बताए पनि नियमित उडान हुन नसक्दा पोखरेली निराश छन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले यहाँ अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने उदाहरण पटक–पटक पुष्टि भएको भन्दै नियमित उडानको माग गरे ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बिहीबारको चार्टर्ड फ्लाईटले आफूहरु उत्साहित भएको उल्लेख गर्दै यसरी नियमित उडान सके पोखरा र यस क्षेत्रको पयटन प्रवद्र्धनमा टेवा मिल्ने बताए ।

कति भयो आम्दानी ?
विमानस्थलको रेकर्ड अनुसार सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ लाख ८ हजार जना यात्रुले हवाई सेवा लिएका छन् । यस्तै, गएको आर्थिक वर्ष २०८०÷०८१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ४० करोड रुपैयाँ आम्दानी गरेको छ । विमानस्थल प्रवक्ता जसुदा सुवेदीका अनुसार गएको वर्ष विमानस्थलले उक्त रकम कमाएको हो ।

उनका अनुसार विमानस्थलले एरोनोटिकल तथा नन–एरोनोटिकल रिभिन्यू (राजस्व)बाट आम्दानी लिन्छ भने विमानस्थल दस्तुर नियमावलीअनुसार ल्याण्डिङ, पार्किङबाट आम्दानी हुन्छ । अरुमा कोठा बहाल, घर बहालबाट पनि आउँछ । तर, सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई विशेष सहुलियत दिने निर्णय गरेकाले यदि अन्तर्राष्ट्रिय उडान भए पनि खासै आम्दानी नहुने सुवेदीको भनाइ छ ।

उनले भनिन्, ‘सरकारले ल्याण्डिङ, पार्किङमा छुट गरेकोले अन्तर्राष्ट्रिय उडान भए पनि तत्काल हामीलाई खासै फाइदा हुँदैन । प्यासेन्जर ट्याक्स (यात्रु कर) बाट मात्र आउने हो । अरु केही पनि आउँदैन ।’ अन्तर्राष्ट्रिय उडानमा विमानस्थलले प्रतियात्रुबाट ३ हजार रुपैयाँ आम्दानी गर्ने प्रवक्ता सुवेदीले बताइन् ।

जुन रकम जहाजको टिकटमै जोडिएको हुन्छ । आन्तरिकसँगै ३ वटा अन्तर्राष्ट्रिय फ्लाइट नियमित गर्न सके वर्षमा १ अर्ब रुपैयाँ हाराहारी कमाइ हुन सक्ने विमानस्थलले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

आजको तरकारी तथा फलफूलको मूल्यः गोलभेडा ५० रुपैयाँसम्म, स्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...

कालिमाटीमा कुन फलफूलको मूल्य कति?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...

आरके मेनपावरलाई तीन लाख जरिवाना

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...

'प्रदेशको स्वरूप फेरिनुपर्छ, संघीयता हट्दैन' : रास्वपा नेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...

भेनेजुएला भूकम्पको चमत्कार : ८ दिनपछि १४० टन भग्नावशेषबाट जीवितै उद्धार

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...

बोपुङको वासिङ पहिरोले बर्सेनि उठीबास हुँदै गाउँले

खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...

इन्जुरी समयमा गोल, क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित; अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending