Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

कीर्तिपुरमा आफ्नो सीट सुरक्षित गर्ने कांग्रेसको दाउ, पुरानो साख फर्काउने एमालेको लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । 

उप निर्वाचनमार्फत नगरप्रमुख र दुई वडाध्यक्ष निर्वाचित हुने भएकाले नगरपालिका क्षेत्रभर चुनावका आकांक्षी र सम्भावित परिणाम बारे चर्चा सुरु भएको छ ।  

नेपाली कांग्रेस, एमाले र माओवादीसहितका दलहरुले उम्मेदवार छनोटलाई तीव्रता दिएका छन् । विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख राजकुमार नकर्मी मिर्गौलासम्बन्धी समस्याको उपचारको क्रममा केही महिनाअघि निधन भएको थियो । 

वडा नं १ का तत्कालीन वडाध्यक्ष हीरालाल महर्जन कलेजो रोगको उपचारका क्रममा र ४ का वडाध्यक्ष श्याम अधिकारीको दुर्घटनामा परी निधन भएपछि प्रमुख र दुई वडाध्यक्ष पद रिक्त छन् ।  

सत्तारुढ दलहरुमध्ये नगरप्रमुख पदमा नेपाली कांग्रेसको नगर समितिबाट सभापति कृष्णमान डङ्गोलसहित ११ जना आकांक्षीको नाम काठमाडौँ जिल्ला समितिसमक्ष सिफारिस गरिएको छ । 

सिफारिस हुने अन्य आकांक्षीमा नगरसमितिकै पूर्वसभापति बद्रीलाल महर्जन, ५ नं वडाका पूर्ववडाअध्यक्ष हिमाल कार्की, दिवङ्गत प्रमुख राजकुमार नकर्मीकी धर्मपत्नी जमुना नकर्मी, महिला नेतृ सङ्गीता बोगटी तथा स्थानीय नेताहरु शशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् । 

वडा नं १ का अध्यक्षका लागि नेपाली कांग्रेसका  इच्छाकुमार महर्जन, सिकन्दर महर्जन र महेश्वर महर्जन आकांक्षी छन् । यसैगरी वडा नं ४ को वडाअध्यक्षका लागि मुरारी विष्ट, मिलन विष्ट, राजेन्द्र बानियाँ, सुभद्रा सिग्देल, कालुभाइ खड्का, सुजन बस्नेत, इन्द्र बुढाथोकी र अनिल बाँस्कोटा आकांक्षीका रुपमा देखिएका छन् । 

नेपाली कांग्रेसले यसअघि आफूले जितेको प्रमुख र १ नम्बर वडाध्यक्ष कायम राख्दै वडा नं ४ को अध्यक्ष समेत कब्जा गर्ने लक्ष्य लिएको छ । 

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रमुख पदमा केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई अघि सारेको छ । एमालेको नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएका उनको नाम बुधबार बसेको नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।  

यसैगरी वडा नं १ मा २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित हुनुभएका हर्षमान महर्जनलाई एमालेले अघि सार्ने जनाएको छ । वडा नं ४ को वडाअध्यक्षको उम्मेद्वारका लागि बद्री बुढाथोकीलाई अघि सार्ने पार्टीको तयारी छ । 

पछिल्लो स्थानीय चुनावमा प्रमुखसहित नगरपालिकाका महत्वपूर्ण पदहरु गुमाएको एमाले पुरानो साख फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ । 

प्रमख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्राध्यापक डा शिवशरण महर्जनलाई प्रमुख पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । यसैगरी वडा नं १ मा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने बिहीबारबाट मात्र उम्मेद्वार छनोट प्रक्रिया थाल्ने पार्टीका जिल्ला सभापति प्रदीप विष्टले जानकारी दिए । 

उनले भने, “निर्वाचन परिचालन समिति बनेपछि उम्मेदवारीका लागि आवेदन आह्वान हुनेछ । त्यसपछि सर्वसम्मत नभएका पदहरुमा आन्तरिक चुनावबाट उम्मेदवारी छनोट हुनेछ ।” 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इन्जिनियर ध्रूब महर्जनलाई उम्मेदवार बनाउँदैछ । गत साता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं उपस्थित भएर महर्जनको उम्मेदवारी घोषणा गरिएको हो ।

कीर्तिपुरको चुनावी मैदानमा केही स्वतन्त्र उम्मेदवारको समेत चर्चा चलेको छ । सफाइ अभियन्ता राजमान मानवले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । षा अभियन्ता नरेश श्रेष्ठ र स्थानीय प्रजातन्त्रवादी अभियन्ता कवि महर्जनले पनि नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending