पोखरा । करार कर्मचारीको म्याद थप नगर्ने महानगरको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका पोखरा महानगरका जनप्रतिनिधिले मङ्गलबार नगर प्रहरीमाथि हातपात गरेका छन् । बिहान ११ देखि १२ बजेसम्म एक घण्टा प्रदर्शनपछि महानगरको सचिवालयमा पुगेका जनप्रतिनिधिले नगर प्रहरी भुवन थापामाथि हातपात गरेका हुन् ।
नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ विदेश भ्रमणमा रहेका बेला कार्यवाहक प्रमुखलाई भेट्न गएको टोलीले थापामाथि हातपात गरेको हो । पोखरा महानगरपालिकाको ३६ औँ कार्यपालिका बैठकले मङ्सिर १ गतेबाट करारमा कार्यरत ३५ कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको थियो ।
२०८१ असारसम्मका लागि अन्तिम पटक करार कर्मचारीको म्याद थपिएको थियो । कात्तिक मसान्तसम्म म्याद थप गरी साउनयताको तलब र चाडपर्व खर्च लिएर ती कर्मचारीलाई बिदाइ गर्ने निर्णय महागरले लिएको थियो । निर्णयपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि र एमाले निकट कर्मचारी सङ्गठन संयुक्त रुपमा आन्दोलनमा उत्रिएका हुन् ।
पोखरा महानगरमा लोकसेवाबाट सिफारिस भई आएका ४८ कर्मचारी हाजिर हुन आएपछि ती पदमा करारमा रहेकाहरुलाई बिदाइ गरिएको हो । गण्डकी प्रदेशमा निजामती किताबखाना बनेकाले अब चाँडै महानगरलाई चाहिने कर्मचारी यकीन गरिने र लोकसेवाबाट कर्मचारीहरु प्राप्त भएपछि करार सेवाका अरु कर्मचारीलाई पनि बिदाइ गरिने महानगरको तयारी छ ।
करार कर्मचारीको म्याद थप नगर्ने एजेण्डा राखिएको थापा पाएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका थिए । ४३ सदस्यीय महानगरको कार्यपालिकामा एमालेका १० वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य छन् । महानगर प्रमुख एकीकृत समाजवादीबाट निर्वाचित हुनुभएको हो भने वडा नम्बर २२ मा स्वतन्त्रले वडाध्यक्ष जितेको छ । बाँकी २२ वडाध्यक्ष नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।
विरोधसभामा महानगरमा एमाले दलका नेता एवम् पोखरा १७ की अध्यक्ष राधिकाकुमारी शाहीले दलगत पूर्वाग्रह राखी करार कर्मचारी हटाइएको दाबी गर्दै त्यसलाई सच्च्याउन आग्रह गर्नुभएको थियो । पोखरा महानगरमा अहिले एक हजार ५१ कर्मचारी रहेकोमा सङ्घीय दरबन्दीका तीन सय ६१ जनामात्र छन् । बाँकी करार कर्मचारीलाई खुवाएको तलब, भत्तामा महालेखा परीक्षणको प्रतिवेदनले बर्सेनि प्रश्न उठाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...
आषाढ़ १८ गते, २०८३ - ०७:०४
काठमाडौं । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका न...
आषाढ़ १८ गते, २०८३ - ०६:५८
काठमाडौं । मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महत...
आषाढ़ १८ गते, २०८३ - ०६:५६
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। ...
आषाढ़ १८ गते, २०८३ - ०६:५२
पाल्पा । पाल्पामा पछिल्ला केही वर्षयता डिएपी (डाइ–अमोनियम फस्फेट) मलको माग निरन्तर बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दै गएको तथ्यांकले देखाएक...
आषाढ़ १८ गते, २०८३ - ०६:४८
खोटाङ । नेपाल तरुण दल खोटाङका जिल्ला अध्यक्ष काजीमान राईसहित ४० जना युवा नेताले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन्। जिल्ला खेलकुद विकास समितिको...



प्रतिकृया लेख्नुहोस्: