Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बक्यौता नतिरेको भन्दै भारतले बंगलादेशको बिद्युत लाइन काटदै

खबरडबली संवाददाता

काठमाडाैं  । भारतको धनढाय समुह अदानी पावरले बंगलादेशलाई विद्युत महसुल तिर्न चार दिनको समय दिएको छ । 

अणानीको सो कम्पनीले बंगलादेशको बिजुली आपूर्ति आधा गरिसकेको छ। समूहको कम्पनी अदानी पावर झारखण्ड लिमिटेड (एपीजेएल) ले ८४ करोड ६० लाख डलर (लगभग ७ हजार ११८ करोड रुपैयाँ) को बक्यौता नतिरेको कारण यस्तो कदम चाल्ने जनाएको हो  ।

बंगलादेश पावर ग्रिडको तथ्यांक अनुसार एपीजेएलले बिहीबार रातिदेखि विद्युत आपूर्तिमा कटौती गरिसकेको छ । सो कटौतीका कारण बंगलादेशमा एकै रातमा १६ सय मेगावाटभन्दा बढी विद्युत् अभाव भएको छ । १ हजार ४९६ मेगावाटको बंगलादेशी प्लान्ट अहिले ७०० मेगावाटमा सञ्चालित छ । तर, बंगलादेश भने भुक्तानी बक्यौता भएकाले कम्पनीले शुल्क बढाएको जनाएको छ ।

बंगलादेश विद्युत बोर्डले पुरानो बिल तिरेको बताएको छ तर जुलाईदेखि अणानीको शुल्क हरेक हप्ता २२ मिलियन डलरभन्दा बढी पुगेको छ । पिबिडीले करिब १८ मिलियन डलर तिरेको छ, जबकि बाँकी रकम बढ्दै गएको छ ।

अदानी पावरले अप्रिल २०२३ देखि बंगलादेशलाई बिजुली बेच्दै आएको छ । अणानी पावर लिमिटेड (एपिएल) ले १० अप्रिल २०२३ देखि आफ्नो पावर प्रोजेक्ट मार्फत बंगलादेशमा बिजुली निर्यात गर्न थालेको हो। सन् २०१७ मा कम्पनीले गोड्डा पावर प्लान्टबाट बंगलादेशमा २५ वर्षका लागि विद्युत् खरिद सम्झौता अन्तर्गत बिजुली आपूर्ति गर्ने सम्झौता गरेको थियो ।

सो प्लान्ट साढे तीन वर्षमा सञ्चालनमा आएको थियो । गत वर्ष तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई भेटे पछि गौतम अडानीले ट्वीटरमा उक्त तस्बिर सेयर गरेका थिए । 

उनले लेखेका थिए, ‘१६०० मेगावाटको अल्ट्रा सुपर क्रिटिकल गोड्डा पावर प्लान्टको फुल लोडको सुरुवात र हस्तान्तरणमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेट्न पाउँदा म सम्मानित छु। म भारत र बंगलादेशका समर्पित टोलीहरूलाई सलाम गर्दछु, जसले कोभिडको सामना गरे पनि साढे तीन वर्षको रेकर्ड समयमा प्लान्ट सञ्चालनमा ल्याउन सफल भए  । 

अणानी समूहको थर्मल पावर उत्पादन गर्ने कम्पनी अणानी पावरले आर्थिक वर्ष २०२४–२५ को दोस्रो त्रैमासिकमा ३,२९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ हजार ५९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

परिचालन राजस्वको कुरा गर्दा यो कम्पनिले जुलाई–सेप्टेम्बर त्रैमासिकमा १३, ३३९ करोड रुपैयाँ थियो। वार्षिक आधारमा ३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिकमा कम्पनीले १२,९९१ करोड रुपैयाँ राजस्व आर्जन गरेको थियो । 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

नेपाल- भारत सम्बन्धको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...

बागलुङमा किसानले पाएनन् सुन्तलाकाे उचित मूल्य

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँद...

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending